काठमाडौं । गायिका साहिमा श्रेष्ठले तीजका लागि ‘तीजको बेलामा नौं रङ्गी साडी आउ नाचौँ संगी हो बनेर दौतरी…’ बोलको गीत ल्याएकी छिन् ।
छोरीको बेदनालाई गीतमा समेटेर साहिमाले गीत बनाएकी हुन् । उनको स्वर रहेको यो गीतमा आफैले अभियन पनि गरेकी छिन् । कम्मर मर्काइ–मर्काइ नचेकी साहिमा ‘सेक्सी’ देखिएकी छिन् ।
रातो चोलीसँग सेतो र रातो रङको साडी लगाएकी गायिका साहिमाले गीतको मिठासअनुसार गीतमा मोडलिङ गरेकी छिन् । उनले गीतमा दिएको शर्ट पनि उत्कृष्ठ छन् ।
गीतका शब्द नयनसिंह राईले लेखेका हुन् । गीतमा संगीत टीका भण्डारीले दिएका छन् ।
आधुनिक र फिल्मका गीतमा स्वर दिँदै आएकी साहिमाले तीज पर्वलाई विशेष महत्व दिएर गीत गाएकी हुन् ।























प्रतिक्रिया