वाशिंगटन डिसी । नायिका प्रियंका कार्की नेपालबाट अमेरिकाको लस एन्जेलस आइपुगेकी छिन् । उनको साथमा नेपालकि चर्चित डिजाईनर तथा मोडल बिना घले पनि आएकी छिन् ।
नायिका कार्की आगामी जुलाई २ देखि ४ सम्म हुन गइ रहेको प्रथम नेपलीज अमेरिकन सम्मेलनको लागि आएकी हुन् । अभिनेत्री प्रियंका कार्की सम्मेलनमा कार्यक्रम प्रस्तोता,भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनले आफ्नो प्रस्तुति गर्ने छिन् ।
प्रियंका कार्कीले प्रथम नेपलीज अमेरिकन सम्मेलनको भेषभूषा कार्यक्रममा छनौट भएका ९ जना उत्कृष्ट सहभागीहरुलाई समेत बिशेष सहयोग तथा तालिम दिने भएकी छिन् ।
भेषभुषा प्रदर्शन जुलाई ३ तारिखमा हुनेछ । सहभागीहरुलाई गायिका नलिना चित्रकार, बिना घले तथा विश्व गौतमले छनौट गरेका हुन् ।
लस एन्जेलस बिमानस्थलमा प्रियंका कार्की तथा बिना घलेलाई स्वागत गर्न आयोजक समितिको तर्फबाट समाज सेवी उमा कार्की थापा, संयोजक विश्व सुबेदी, अनुषा कार्की, शारदा श्रेष्ठ तथा अनिल केसी तथा अन्य गएका थिए ।

















प्रतिक्रिया