१ कार्तिक २०८३, आइतबार

नेपाली फिल्म चोरी गरेर बनाइएको भारतीय फिल्म ‘कृति’ युट्युबले हटायो

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anil-sirishकाठमाडौं । नेपाली फिल्मको कथा चोरेर बनाइएको भारतीय फिल्म ‘कृति’लाई भिडियो संजाल युट्युबले हटाइदिएको छ ।

भारतीय निर्देशक शिरिष कुन्देरले नेपाली फिल्म ‘बब’को कथा चोरेर हिन्दी सर्ट फिल्म ‘कृति’ निर्माण गरेका थिए ।

युट्युबले प्रतिलिपी अधिकारको हनन भएको ठहर गर्दै शिरिषको फिल्म ‘कृति’लाई हटाइदिएको हो । फिल्म चोरिएको आरोप लागेपछि शिरिषले आफूले फिल्मको कथा चोरी नगरेको दाबी गर्दै आएका छन् ।

उनले नेपाली फिल्म ‘बब’का निर्देशक अनिल न्यौपानेलाई इमेल लेखेर चोरी गरेको आरोप नलगाउन धम्की दिँदै युट्युब, भिमियोलगायत भिडियो वेबसाइटबाट तीन दिनभित्र फिल्म ‘बब’का हटाउन र लिखित रूपमा माफी माग्न चेतावनी पनि दिए थिए ।

हेर्नुस् नेपाली फिल्म ‘बब’:

https://www.youtube.com/watch?v=RkEv0MWM-7E