९ कार्तिक २०८३, सोमबार

एमालेको नाम फेर्ने प्रस्तावमा बबाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khanal-nepal-oli

काठमाडौं, १५ असार । सोसलिस्ट इन्टरनेसनले नेकपा एमालेलाई त्यो संगठनमा सदस्य बन्ने बारे के छ धारणा भन्दै पत्र पठाएको छ ।

कम्युनिष्ट पार्टीलाई यस्तो प्रश्न आएपछि विदेश विभाग प्रमुख माधव नेपालले स्वभाविक रुपमा स्थायी समिति बैठकमा कुरा राखे ।

पार्टी अध्यक्ष केपी ओलीले प्रतिक्रिया दिँदै भने, ‘हुन त त्यो संस्था डेट एक्सपायर हुँदैछ । तर, कम्युनिष्ट नै नाम राखेर हामी कति दिन चल्ने हो ?’

झलनाथ खनालले तुरुन्तै प्रतिवाद गरे, ‘खबरदार, हाम्रो पुस्ताभरी हाम्रो पार्टीको नाम फेर्ने, कम्युष्टि शब्द छोड्ने बारे कुरै नगर्नुहोस्, सोच्दै नसोच्नुहोस् ।’

माधव नेपालले पनि यो कुरा सम्भव छैन भने । यो संगठनको सदस्यता लिँदा स्वतः कम्युनिष्ट चिन्तन छाडेको र पुर्णरुपमा सोसल डेमोृक्र्याटमा परिणत हुने अवस्था आउने हुँदा यसबारे सुक्ष्म रुपमा छलफल गर्ने निर्णय भयो ।
जनआस्था सप्ताहिकमा खबर छ ।