९ कार्तिक २०८३, सोमबार

भारतबाट खोसिएको फास्ट ट्रयाक: ओली सरकारले काम सुरु गर्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fast-Track-1काठमाडौं, १५ असार । सरकारले काठमाडौं– निजगढ दू्रतमार्ग (फास्टट्रयाक) निर्माण अघि बढाउन काठमाडौं जिल्लामा पनि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम सुरु गरेको छ ।

फास्ट ट्रयाकको प्रस्थानविन्दु काठमाण्डुको छैमले, चोभार र भूतखेल स्थित सडकको अधिकार क्षेत्रमा पर्ने जग्गाको लागि मुआब्जा वितरण थालिएको फास्ट ट्रयाक आयोजनाले जनाएको छ ।

खोकना बुङमती खण्डमा पर्ने ७४ रोपनीबाहेक आयोजनाका लागि आवश्यक जग्गा भने यसअघि नै अधिग्रहण भइसकेको छ ।

सुशील कोइराला नेतृत्वको तत्कालिन सरकारले यो परियोजनालाई भारतीय कम्पनीको जिम्मा लगाइसकेको थियो । तर, एमालेकै विरोधमा सर्वाेच्च अदालतले अघि नबढाउन आदेश दियो । अहिले एमाले नेतृत्वको सरकारले आफै बनाउने घोषणा गर्दै करोडौं बजेट छुट्याई पाँच वर्षभित्र सक्ने लक्ष्य लिएको छ ।