काठमाडौं, १५ असार । सनातनी हिन्दू राष्ट्रको पहिचान मेटी धर्मनिरपेक्षतासहितको संविधान जारी गरिएको ठस्क तेह्र महिनापछि राजधानी काठमाडौंमा अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन हुने भएको छ ।
आगामी कात्तिक ४, ५ र ६ गते काठमडौंको दशरथ रंगशालामा गरिने उक्त विराट सम्मेलनको उद्घाटन पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रबाट हुने बताइएको छ । घटना र विचार साप्ताहिकले समचार छापेको छ ।
विश्व हिन्दू महासंघ अन्र्राष्ट्रिय समितिको मुख्य आयोजनामा हुने सो कार्यक्रमको संयोजकमा जनरल भरतकेशर सिंह, सहसंयोजक भारतीय लोकसभा सदस्य एवम् गोरखनाथ पीठाधिश्वर योगी आदित्य नाथ र पूर्वमहासेनानी हेमबहादुर कार्की रहेका छन् ।
विश्वका ४४ देशका हिन्दूहरूको विशेष उपस्थिति रहने बुझिएको छ । रंगशालामा उद्घाटन सत्रको आयोजना गरिए पनि कमलपोखरीस्थित जैन भवन या अग्रवाल भवनमा बन्द सत्र र टुँडीखेल मञ्चमा समापन समारोह आयोजना गर्ने सोँच आयोजक पक्षले बनाएको छ ।















प्रतिक्रिया