९ कार्तिक २०८३, सोमबार

खुमबहादुरलाई मार्ने योजना !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khumbahadur-khadkaकाठमाडौं, १५ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी मार्ने योजना बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागिपरेको छ ।

उपचारका लागि निम्ति भारत गएका खड्का गत शनिबार साँझ स्वदेश फर्किएका थिए । उनी फर्किएको भोलिपल्ट आइतबार एनसेलको नम्बर प्रयोग गरी खड्काका स्वकीय सचिव रामेश्वर यादवको नम्बरमा कसैले आपत्तिजनक एसएमएस पठाएको हो । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

एसएमएसमा लेखिएको छ, ‘आज खुमबहादुरलाई मार्ने प्लान भइरहेको छ, बचके रहो ।’ उक्त व्यहोराको सन्देश हत्याका योजनाकारमध्येकै कसैले धम्क्याउनका लागि पठाएको हो या खड्कालाई सचेत गराउनका निम्ति यसो गरिएको हो स्पष्ट हुन सकेको छैन ।

नम्बर प्रयोगकर्ताको गिरफ्तारीपछि मात्र यसको रहस्योउद्घाटन हुने अपेक्षा राखिएको छ ।

नेपाललाईै हिन्दू राष्ट्र बनाइनुपर्छ भनि राष्ट्रिय अभियान चलाउँदै आएका खड्का २०६३ को राजनीतिक परिवर्तनयता भौतिक रुपमा असुरक्षित रहँदै आएका छन् ।

०६४ को संविधानसभा निर्वाचनअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले हत्यायोजना बनाएको जानकारी खुमबहादुर खड्कालाई छ ।

चुनावी मैदानमै माओवादीका नाममा घातक हमला भएपछि खड्का मैदानबाट पछि हट्नुपरेको थियो । उक्त घटना तात्कालिक सरकारको नियोजित योजनामुताविक भएको नेता खड्काको विश्वास छ ।

अहिले माओवादी कमजोर भइसकेको, गिरिजाप्रसाद कोइरालाको निधन भएको र कृष्णप्रसाद सिटौला आफै रक्षात्मक अवस्था रहेका बेला खड्कालाई कसले किन हत्या गर्ने प्लान ग-यो र किन एसएमएस नै पठाएर जानकारी गराउने काम ग-यो भन्ने विषय रहस्यमयी बनेको छ । प्रहरीले एसएमएसकर्ताको पहिचान गरी पक्राउ गर्न सकेमा वास्तविकता खल्ने विश्वास गरिएको छ ।