काठमाडौं, १५ असार । बिरामी हुँदा त मन्त्रीले लागी नगर्लान् भन्यो, फेरि उस्तै । यसरी जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले विरामी परेर दिल्लीको अस्पतालमा उपचार गराइरहँदा पनि सिंहदरबारमा फोन गरेर कर्मचारी हप्काउन बाँकी राखेनन् ।
बहालवाला मन्त्रीको स्वास्थ्य उपचार खर्च सामान्यतया सरकारले व्यहोर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले क्याबिनेटमा स्वास्थ्य उपचार सम्बन्धित मन्त्रालयले क्याबिनेटमा विवरणसहित प्रस्ताव पठाउनुपर्छ । आमाशयको नली फुटेर सिकिस्त भएका पासवानको उपचार पहिला त्रिवि शिक्षण अस्पतालमा भयो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
त्यसबेलासम्म स्थिति सामान्य होला भनेर मन्त्रालयका अधिकारीले खासै ध्यान दिएनन् । तर, प्यानक्रियाजकै कारण जीवन मरणकै स्थितिमा पुगेको पत्तो पाएपछि चिकित्सकले दिल्ली रेफर गरे । हत्तपत्त दिल्ली गइहाल्नुपर्ने कारणसाथीभाइसँग सापटी गरेर पैसा जुटाए ।
त्यो पैसा तिर्न सचिवदेखि पिएसम्मलाई उतैबाट हप्काउन पछि परेनन् । अहिले पासवानको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ ।
त्यहाँका चिकित्सकले केही दिन अस्पतालमै आराम गर्नु भनेका कारण उतै थिए । सोमबार राति काठमाडौं फर्किएका छन् ।
तर, दुःख पाए काठमाडौंका हाकिमले । सचिव विश्वनाथ ओलीलाई पासवानले पचास लाखको व्यवस्था गर्न अह्राएको फोन राख्न नपाउँदै अर्को फोन गयो, मन्त्रालयका फाइलहरूका सम्बन्धमा ।















प्रतिक्रिया