वाशिंगटन डिसी । आगामी जुलाई १ देखि ४ तारिखसम्म हुने एएनएको सम्मेलनको लागि गगन थापा, रविन्द्र अधिकारीलगायत अन्य वक्ताहरु अमेरिकाको एटलांटा जुन ३० तारिख आई पुग्ने भएका छन् ।
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को सम्मेलनको दोश्रो दिन शनिबार नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा, नेकपा एमालेका नेता रबिन्द्र अधिकारी, जय निशान्त तथा भुषण दाहाल आउने सुनिस्चित भएको जानकारी एएनएका अध्यक्ष रोजर अधिकारीले दिएका छन् ।
उक्त नेपाल फोरम कार्यक्रम जुलाई २ मा हुने छ । कार्यक्रम संचालन अध्यक्ष रोजर अधिकारी तथा डा अनुप श्रीवास्तवले सयुक्त रुपमा गर्ने भएका छन् ।
नेपाल मंच (फोरम)कार्यक्रम आर्थिक विकास सम्बन्धि केन्द्रित हुनेछ । अध्यक्ष अधिकारीले सम्मेलनको पूरा तयारी लगभग भएको बताएका छन् ।
















प्रतिक्रिया