९ कार्तिक २०८३, सोमबार

यौन बजार छाडेर नेपाली तस्करहरू अर्कैतिर पल्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kidney-Mirgaulaझापा, १५ असार । कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुगाउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन् ।

विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुगाई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन् ।

महिना दिनअघि मात्रै माइती नेपालले नाकामै उद्धार गरेका चार महिलाले बयान दिने क्रममा आफूहरु मिर्गौला बेच्न भारत हिँडेको बताएका थिए ।

कमजोर आर्थिक अवस्थाका महिला पुरुषलाई एकमुष्ट धेरै पैसा कमाई हुने लोभ देखाएर तस्करले मिर्गौला बेच्न लगाउँछन् ।

माइती नेपालका पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेका अनुसार उनीहरुले मिर्गौला बेचेपछि एकमुष्ट पैसा हात लाग्ने र स्वास्थ्य पनि केही नहुने दलालहरुले आश्वस्त पारेका हुन्छन् ।