९ कार्तिक २०८३, सोमबार

स्वास्थ्य चौकीमा सुत्ने यी महिला को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिता माझी
अनिता माझी

विराटनगर, १५ असार । मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन् ।

उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन् । स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो । मास्तिर सिलिङ पंखा घुमिरहेको थियो । उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन् ।

बिरामी जाँच गर्ने, कार्यालय प्रमुख बस्ने र बिरामीलाई परामर्श दिने कोठाा खाली देखिन्थ्यो । स्वास्थ्य चौकीका तीनवटामध्ये एउटामा चिकित्सक बस्छन् । अर्कोमा बिरामी जाँच हुन्छ ।

एउटामा चाहिँ बिरामीसँग परामर्श गरिन्छ । कोठाामा पंखा घुमिरहेका थिए । टेबुलमा मुख खुलेका औषधिका बट्टा देखिन्थ्ये । बिरामी जाँच गर्ने कोठामा औषधि मिलाएर राखिएको थियो ।

तर स्वास्थ्य जाँच गर्ने र औषधि वितरण गर्ने कर्मचारी देखिँदैन्थे । स्वास्थ्य जाँच गर्दा प्रयोग गरिने उपकरण असरल्ल छरिएका थिए । छेवैमा तौल जोख्ने मेसिन थियो ।

कार्यालयमा कोही प्रवेश गरेको देखेपछि गाविस कार्यालयमा गफिँदै गरेका स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट मातृका उप्रेती आए । महिला कर्मचारी अनिता माझीलाई उठाए ।

उठिसकेपछि पनि माझी केहीबेर उङ्दै बेन्चमै बसिरहिन् । उप्रेतीले झपारेपछि भने उनी मुख धुन गाविस कार्यालयको धारातिर लागिन् । उप्रेतीले इशारा गर्दै उनलाई कार्यालयमै रहन निर्देशन दिएका थिए ।