२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba-oli-prachanda

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता जारी छ ।

भूकम्प पीडितले एकमुष्ट दुई लाख पाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गरिरहेको कांग्रेसलाई सहमति ल्याई संसद बैठक खुलाउन शीर्ष नेताहरुबीच अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वार्ता चलेको हो ।

बैठकमा शीर्षसहित दोस्रो तहका नेताहरु सहभागी छन् । भूकम्प पीडितलाई एकमुष्ठ २ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै कांग्रेसले लगातार संसद बैठक अबरुद्ध गर्दै आएको छ ।

कांग्रेसको अबरोधले पाँच दिनदेखि संसद चल्न सकेको छैन । मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो ।