काठमाडौं, १४ असार । व्यवस्थापिका संसदको मंगलबारको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
चार दिनदेखि लगातार बैठक अवरुद्ध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने मागमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
कांग्रेसको मागमा सहमति जुटाउन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा चारदलीय कार्यदल समेत गठन गरिएको थियो । उक्त कार्यदलले सहमति जुटाउने प्रयास गरेपनि शीर्ष नेताहरुबीच सहमति नहुँदा आज संसद बैठक बस्न नसकेको हो ।
सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संसद सचिवालयले बुधबार बिहान ११ बजे बस्नेगरी सूचना टाँसेर आजको बैठक स्थगित गरेको जनाएको छ ।













प्रतिक्रिया