२६ कार्तिक २०८३, बिहिबार

बाबुरामको पार्टीमा नयाँ प्रणालीको अभ्यास, मधेसी र जनजाति खुसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya-shakti-nepal

काठमाडौं, १४ असार । नयाँ पद्धतिको अभ्यास गर्ने भनेरै खोलिएको नयाँ शक्ति नेपाल पार्टीले त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउन थालेको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार मधेसी, जनजाति र दलित समुदायबाट तीन नेतालाई सह संयोजक बनाएर समावेशी अभ्यास सुरु गरेर देखाएका हुन् ।

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाका अनुसार मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह-संयोजक बनाइएको हो ।

मधेसी, जनजाति र दलित समुदायलाई प्राथमिकता दिएपछि मधेसी र जनजाति नेताहरुले नयाँ शक्ति नेपाल पार्टीको प्रशंसा गरेका छन् ।