९ कार्तिक २०८३, सोमबार

प्रहरीलाई अर्को सफलता, अन्तर्राष्ट्रिय माफियाका सदस्य पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taskar-1-657x330काठमाडौं, १४ असार । हङकङमा बसेर कोकिनको कारोबारमा संलग्न पाकिस्तानी गिरोह नेपालमा चरेसको कारोबारमा समेत संलग्न रहेको खुलेको छ ।

कोकिन कारोबारका नाइके साहिद खानले नै लामो समयदेखि नेपालबाट चरेस तस्करी गर्दै आएको खुलेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनका दुई सहयोगीलाई प्रहरीले ३५ केजी चरेससहित काठमाडौंमा पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो ९एनसिबी०ले जोरपाटी बस्ने बारा डुमरवाना घर भएका साइमन तामाङ र कपन बस्ने नुवाकोट बुङताङका धनबहादुर तामाङलाई ३५ केजी चरेससहित बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

बुद्धको ग्रन्थ तथा इँटा आकारको स्ल्याब बनाई चरेस विदेशमा तस्करी हुन थालेको ब्युरोका डिआइजी जयबहादुर चन्दले बताए । धनबहादुरले लामो समयदेखि खानसँग मिलेर चरेस कारोबारको धन्दा गर्दै आएका थिए ।

पक्राउ परेकाहरू आइस ड्रग कारोबारमा अन्तर्राष्ट्रिय लागूऔषध माफियाका आफन्तसमेत हुन् । गत १० वैशाखमा पक्राउ परेका पूर्णबहादुर तामाङका साइमन भाइ नाता पर्छन् ।

प्रहरीलाई घुसका रूपमा पठाएको ५० लाख नगदसहित पूर्णबहादुरलाई ब्युरोले पक्राउ गरेको थियो । पूर्णबहादुर आइस ड्रगका ठूला कारोबारी हुन् ।

उनका दाइ धर्म पाख्रिन थाइल्यान्डमा बसेर आइस ड्रगको अन्तर्राष्ट्रिय धन्दा चलाउँदै आएका छन् । यसले कोकिन, चरेस र आइस ड्रगको नेटवर्कबीच सम्बन्ध रहेको देखाएको छ । धर्म पाख्रिनको समूहले पनि चरेसको समेत धन्दा गरेका हुन सक्ने प्रहरी आशंका छ ।

पाख्रिनकै निर्देशनमा साइमनले चरेसको कारोबार गर्दै आएको डिआइजी चन्दले बताए । ‘उनले हालसम्म १९ पटक आइस ड्रग ओसारपसार गरिसकेको खुलेको छ,’ डिआइजी चन्दले भने, ‘एकपटकमा उनले १० देखि १५ हजार भाट (३० देखि ४५ हजार नेपाली रुपैयाँ) पाउँथे ।

त्यस्तै, उनले काँकडभित्ता नाकाबाट पाँचपटक चरेस भारतको सिलुगुडीसमेत पठाइसकेका थिए । साइमनले बैंककभित्रै आइस ड्रगको ओसारपसार गरेका हुन् ।

अर्का अभियुक्त धनबहादुर सन् २०११ देखि चरेसको कारोबारमा संलग्न व्यक्ति भएको ब्युरोका डिएसपी प्रेम शाहीले बताए । उनले काठमाडौं–दिल्ली हुँदै नेदरल्यान्डमा दुईपटक तथा हङकङमा तीनपटक चरेस ओसारपसार गरिसकेका थिए ।

उनले हङकङमा पठाएको चरेस प्राप्त गर्ने साहिद खान तिनै व्यक्ति हुन् जसका ६ जना सहयोगीलाई गत महिना मात्र ब्युरोले पक्राउ गरेको थियो ।

खानले नेपालमार्फत चरेस हङकङ झिकाई विभिन्न देशमा तस्करी गर्दै आएका छन् । सो समूहले कोकिनको कारोबारसमेत गर्दै आएको छ ।

उनले धेरैजसो समय बुद्धको प्रार्थना किताबभित्र लुकाएर चरेस तस्करी गर्दै आएका थिए । त्यस्तो किताब भने उनी भारतबाट आफैँ किनेर ल्याउने गर्थे । खानकै लागि काम गर्ने दिलबहादुर गुरुङलाई दुई महिनाअघि ब्युरोले पक्राउ गरेको थियो ।