पेरिस, १४ असार । युरोकप फुटबलमा इंल्याण्डलाई हराउँदै आइसल्याण्ड क्वाटरफाइनल प्रवेश गरेको छ ।
फ्रन्समा आइतबार राति भएको खेलमा इंल्याण्डमाथि २–१ गोल अन्तरको जित निकाल्दै पहिलो पटक युरोकप खेलिरहेको आइसल्याण्ड अन्तिम ८ मा प्रवेश गरेको हो ।
आइसल्याण्डले अन्तिम ८ मा स्थान पक्का गरेको छ । खेलमा अग्रता इंल्याण्डले चौथो मिनेटमै पेनाल्टी गोलमार्फत लिएको थियो ।
पेनाल्टीमा कप्तान वाइन रुनीले गोल गर्दै इंल्याण्डलाई सुरुवाती अग्रता दिलाए ।
दुई मिनेटपछि आइसल्याण्डका सेगुएडर्सनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै खेलको १८ औँ मिनेटमा आइसल्याण्डका लागि सिगोथर्सनले गोल गर्दै २–१ को अग्रता दिलाए ।
पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आइसल्याण्डले बाँकी समय बल आफ्नो नियन्त्रणमा राख्दै अग्रता जोगाएपछि इंल्याण्ड अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो ।
आइसल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि आयोजक राष्ट्र फ्रान्सको सामना गर्नेछ । – एजेन्सी















प्रतिक्रिया