२६ कार्तिक २०८३, बिहिबार

संसदको गतिरोध अन्त्य गर्न दलहरू परामर्शमा, सहमति खोज्न कार्यदल क्रियाशील

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC-Nepalकाठमाडौं, १४ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने भनेर संसद अबरोध गरेपछि सदनको गतिरोध अन्त्यका लागि प्रमुख दलहरूले परामर्श थालेका छन् ।

सहमति खोज्ने प्रयास स्वरुप कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा नेपालका नेताहरू बिहानैदेखि गृहकार्यमा जुटेका छन् । सिंहदरबारमा सुरू भएको कार्यदलस्तरीय छलफलमा समग्र कांग्रेसले उठाएको एकमुष्ट दुई लाखको विषयमा परामर्श हुनेछ ।

कांग्रेसले भूकम्पपीडितहरूलाई दुई लाख रुपियाँ दिनुपर्ने माग गरेर सदन अवरोध गरेपछि निकासका लागि गृहकार्य गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा दोस्रो तहका नेताहरू रहेका छन् ।

कार्यदलले तयार पार्ने सहमतिको प्रस्तावलाई शीर्ष नेताहरूमा राखेर अन्तिम टुङ्गो लगाइने कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।