२९ आश्विन २०८३, बिहिबार

सरकार हामीले अझै कत्ति विदेश बसिदिनु पर्ने हो ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Min-Pandit

यदि नेपालमै प्रशस्त रोजगारी भैदिएको भए, घर परिवार र बाल बच्चा चट्क्क छाडेर बिदेशिनु पर्ने थिएन । यो उजाड मरुभूमिमा हजार सपना बुन्दै एक्लो जिन्दगी बिताउनु पर्ने थिएन । कोहि पनि रहरले विदेश आउदैनन, यो त हाम्रो बाध्यता हो । नेपालमा बसेर गुजारा गर्न र छोरा छोरीलाई राम्रो शिक्षादीक्षा दिन सम्भब नै छैन । कहिले नेपाल सुध्रिएला अनि आफ्नै देश फर्केर दुःख सुःख गरेर एकमाना खाउला भन्ने बाताबरण कहिले बन्न सकेन । तिमीहरुको परिबार र आफन्तलार्इ पो पैसा, पावर र पहुँचले गर्दा बिदेशिनु परेको छैन ।

हामीले तिरेको करबाट सरकारले देश बिकाश गर्छु भनेर खर्बौको बजेट बनाउछ । सुनिन्छ हरेक देशले नेपालको बिकाशका लागि बर्सेनि खर्बौ सहयोग पनि दिन्छन रे । त्यतिले पनि नपुगेर सरकारले प्रतेक नेपालीलाई प्रतिव्यक्ति २३ हजार ऋण पर्ने गरि बैदेशिक ऋण लिएको छ रे । अझै अचम्मको कुरा त के भने यदि हामीले बिदेसबाट रेमिट्यान्स नपठाउने हो भने देशको अर्थत्रन्त्र टाट पल्टिन्छ रे । नेपाल सुडान र इथोपिया जस्तो हुन्छ रे । त्यसैले नेपालको आर्थिक मेरुदण्डलाइ बचाई राख्न्न हामीले अझ कति विदेश बसिदिनु पर्ने हो । अनि देशको अर्थत्रन्त्र टिकाइ रहन अझै कत्ति नेपालीले बिदेसिनु पर्ने हो ।

हाम्रो परिवारको उज्जल भबिश्यका लागि मात्र विदेश बसेका छैनौ । देशको अर्थत्रन्त्र धरासायी हुनबाट बचाउन पनि हामी विदेश बसी रहनु पर्ने भएको छ । लाखौ नेपाली विदेश बसिदिनाले देशको अर्थात्रन्त्र ठूलो दुर्घटना हुन् बाट बचेको छ । सुरक्षाकर्मी लिएर हिड्ने अनि सबै कुरा अरुले नै ठीक पारिदिने ठूला राजनीतिक पार्टीका नेता र सरकारलाई के थाहा बिदेशमा पैसा कमाउन कति दुःख र कस्ट छ । अरबको ४८ डिग्री तातो घाममा एक घण्टा बिताउन कति गाह्रो छ । हामीले पठाएको रेमिट्यान्सको सहि सदुपयोग हुने बाताबरण अझै बन्न सकेको छैन । अधिकांश रेमिट्यान्स घर जागा किन्न र विदेशबाट उपभोग्य समान आयात गर्न मै सकिन्छ रे । कुनै उत्पादन मुखी काममा हाम्रो रेमिट्यान्स उपयोग भए मात्र देश बन्न सक्छ ।

नेपाल र युरोपको हावापानी, भौगोलिक बनावट र खनिज पदार्थ लगभग उस्तै उस्तै छन, तर उनीहरु धनि र बिकसित छन् । हामी भने संसारको गरिब देश मध्यमा पर्छौ । अझ युरोपमा भन्दा धेरै कुरा हामीसँग बडी छ । जस्तो जडिबुटी, बिभिन्न थरि जनावर भएको नेसनल पार्क, बिश्व सम्पदा सूचीमा परेका १२ भन्दा बडी ठाउ, मठमन्दिर, लुम्बिनी, सगरमाथा ,जलस्रोत, अनि पर्यटन र व्यापारका लागि भारत र चीनको ठूलो जनसंख्या । तर यी कुराको सदुपयोग गर्नुको सट्टा हामीमध्य कोही सशस्त्र युद्दले मात्र परिबर्तन ल्याउन सक्छ भन्ने भ्रममा छौ भने कोही आफूले रोजेको पार्टी र नेता सत्तामा भए मात्र देश बिकाश हुन्छ भन्ने भ्रममा छौ । बिडम्बना सबैका राम्रा बिचार बुझ्ने र समेट्न सक्ने खुबी भएको नेता र पार्टी नै देखिएन । नेपालको राजनीतिक संकट गहिरिनुको कारण यहि हो । नेपाल बिकास नहुनुको कारण पनि यहि हो ।

मोदी नेपाल भ्रमणताका सिन्धुपाल्चोकको जिरेमा ठूलो पहिरो गयो र २ दिन जति नदी थुनियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराले मद्दतका लागि तुरुन्त भारत र चीनलाइ गुहारे । धन्न नेपाली सेनाले हामी नदी खोल्छौ र उद्दार गर्छौ भनेर लाज बचायो । कांग्रेसको सरकारले आफूलाई अयोग्य प्रमाणित गरिसकेको छ । कांग्रेस सरकारले एक वर्षको उपलब्धि सार्बजनिक गर्यो । जसमा भनिएको थियो, नयाँ नगरपालिका थपिएको, बजेट बिनियोजन गरेको, फोरमलार्इ वार्तामा बोलाउन पत्र काटिएको । यस्तो पनि उपलब्धि हुन्छ ? अहिलेका प्रधानमन्त्री केपी ओलीले त योभन्दा सयौ गुणा राम्रा काम गरेका छन् । आफैले बनाएको भूकम्प पीडितलार्इ पैसा बाड्ने नियमलाइ निहुँ बनाएर अहिले किन कांग्रेस संसद अबरुद्द गर्दैछ ।

हिजो मात्र एउटा घटना सुनियो, पाल्न र उपचार गर्न नसकेर छोराले आफ्नै आमालाई मारेर गाड्यो रे । २ वटा बच्चा पाल्न नसकेर एउटा महिलाले बच्चा सहित नदीमा हाम फालेर मरेको समाचार पनि हामीले केहि महिना अगाडि सुनेका थियौ । यसको प्रमुख कारण गरिबी र अशिक्षा नै हो तर हामीमा अलि कति मानबीय समबेदना पनि छैन । किन हामी आफ्नो स्वार्थका लागि नेपाल बन्द गर्छौ । किन संसदमा अबरोध गर्छौ । गरि खानेलाई पनि किन गरि खान दिदैनौ । साधन र स्रोत हुँदाहुँदै किन हामी यति गरिब भयौ त । हाम्रो यस्तै मानसिकताले गर्दा नै हो ।

अफगानिस्तनमा १४ जनाको हत्या भयो । मलेसिया र खाडीबाट महिनामा लगभग ६० देखि ८० जनाको शव नेपाल आइरहेको छ । यसका बारेमा सरकारले सोच्नु पर्दैन ? के यो गम्भीर बिषय हैन र ?

हाम्रो देशमा १०० भन्दा बडी राजनीतिक पार्टीहरु छन् । हाम्रो देशमा १० भन्दा धेरै पार्टी हुनु हुदैन । बैंक मर्ज भए जस्तो किन राजनीतिक पार्टी मर्ज नहुने ? आखिर किन यत्रा धेरै राजनीतिक पार्टी खुलेका होलान ? सर्बसाधारणले बुझ्ने भाषामा भन्नु पर्दा यसको कारण बिना लगानी र बिना मेहनत धनि हुन् नै हो ।

यदि साँच्चिकै देश बिकाश गर्ने हो भने सबै भन्दा पहिले नेपाल भारत सीमामा काँडे तारको बार लाउनु पर्छ । भारतले बंगाला देश र पाकिस्तनका सम्पूर्ण क्षेत्रमा बार हालेको छ तर उ नेपाल भारत बोर्डरमा बार हाल्दैन किनकि नेपाली भूमि उसको लागि सुरिक्षित छ र बेला बेला सीमा सार्न पनि पाइ रहेको छ । यदि नेपाल भारत सीमामा काँडे तार हाल्ने हो भने सीमा सुरिक्षित हुन्छ र अपराध पनि घट्छ भने निश्चित नाकाबाट मात्र आउजाउ अनि निकासी र पैठारी हुने हुँदा राजश्व पनि डबल बढ्छ । अनि सीमाका जनताले सुरक्षित महसुस गर्ने छन् । बरु सरकारले नेपाल भारत सीमामा काँडेतार बार लगाउनका लागि पैस जम्मा गर्न एउटा बैंक खाता जारि गरिदियोस । संसार भरिका देश प्रेमी नेपालीहरुले पैस पठाउने छन् । सीमापारिबाट अबैध रुपमा आएर बसोबास गर्ने भारतीयहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

नेपाल टुरिस्ट डेस्टिनेसन हो । पर्यटकलार्इ ढुक्कले सुरक्षित महसुस हुने गरि घुम्ने बाताबरण हुनु पर्छ । अधिकांस राजमार्ग साँगुरो र दुर्घटना भैरहने खालका छन् । गाडीमा यत्रा गर्न डर मर्नु छ । खाल्टा खुल्टे बाटोले गर्दा आरामदायिक यात्रा हुनु पर्ने ठाउँमा झन् थाकिन्छ र धुलो पनि खाइन्छ । प्लेन पनि त्यस्तै थोत्रा र असुरक्षित छन् ।

बिभिन्न खाले स्वार्थले गर्दा बार बार हुने नेपाल बन्दलार्इ कानुनमै प्रतिबन्द लगाउन पर्छ । आफ्नो अधिकार पाउन अरुको अधिकार हनन गर्न पाइन्छ ? यदि बन्दको दिन कोहि अस्पताल जान नपाएर मर्छ भने त्यसको सजाएको भागिदार त्यहि बन्द कर्ता नै हुनु पर्छ । प्रजात्रन्त्रिक पद्दतिमा किन बन्द हड्ताल । देशमा निरंकुस ब्यवस्था भए पो बन्द गरेको ठीक मान्न सकिन्छ ।

नेपालमा चिनियाँ रेल आयो र लुम्बिनीसंग पुग्यो भने नेपालको बिकास तीब्र गतिमा हुनेछ । ३ करोड नेपालीलार्इ १७ करोड चिनियाँ बुद्दिस्ट, थेग्न नसक्ने पर्यटक हुन्छन । ब्यापार पनि तेत्तिकै बढ्छ । भैरहवा एरपोर्ट बनेपछि अरु देशका टुरिस्ट पनि तेत्तिकै आउने छन् । तर त्यसको लागि सुरिक्षित बाटो बनाउने र सान्ति सुरक्षा काएम गरेर निर्धक्कसंग घुम्न सक्ने बाताबरण बनाउने जिम्मा सरकारको हो ।
नेपाल जलश्रोतको धनी देश हो । तर हामी आफै लगानी गरेर बनाउन सक्ने स्थिति छैनौँ । हामीले बिना कमिसन इमान्दारी पूर्वक २ हजार मेगावाटका पाँच वटा आयोजना बिदेशी कम्पनीलार्इ बनाउन दिने हो भने उनीहरुले हाम्रा नदी र ठाउँ प्रयोग गरेबापत दिने फ्री बिजुलीले देशभरि सित्तै बिजुली बाँड्न पनि सकिन्छ ।

१० खर्ब बजेट आउने देशमा वर्षको १ अर्ब मात्र छुट्याउँदा पनि २०४७ सालमा सुरु भएको मेलम्ची खाने पानीलार्इ २५ वर्षमा २३ अर्ब आरामले जुटाउन सकिन्थ्यो । दाताले पनि सहयोग दिएकै थिए । मेलम्चीको पानि उपत्यकाबासीलाई सित्तैमा बाँडे पनि सकिन्थ्यो तर केयुकेयलको स्वार्थ र भष्टाचार अनि सरकारको गलत नीतिले गर्दा मेलम्ची खानेपानी आएपछि अतिनै महँगो शूल्क तिर्नु पर्नेछ । चर्को शूल्कले सर्बसाधारणको ढाड भाच्ने छ ।

देशमा संक्रमणकाल बढ्नुको एकमात्र कारण राजनीतिक झगडा नै हो । आफ्नो स्वार्थ पूरा गर्न बिदेशीलार्इ हस्तक्षेपकारी भूमिका निर्बाह गर्न दिनु नै हो । इमान्दार भएर आफ्नो देशको आन्तरिक समस्या आफै समाधान गर्नु पर्छ । बन्द हड्ताल गर्नेलाइ कडा सजाय हुनु पर्छ । अनि भ्रष्टाचारी, हत्त्यारा र बलत्कारीलाई पनि कडाभन्दा कडा सजाय हुने व्यवस्था गर्ने हो भने देश बिकाश तर्फ अगाडि बढ्नेछ । सुरक्षित बाताबरण भए बैदेशिक लगानी ओइरिने छ र देशभरि रोजगार सिर्जना हुनेछ । हामीले यत्ति गर्ने हो भने म दाबाका साथ भन्न सकिन्छ २ वर्षभित्र देशमा आमूल परिबर्तन हुनेछ । एक रुपैया नेपाली बराबर १.६० भारु हुनेछ । सरकारले यत्ति कुरामा ध्यान दिने हो भने लाखौ नेपाली बिदेशिनु पर्दैन थियो कि ?

बीस पच्चीस वर्षदेखि अर्बमा काम गरि रहेका नेपाली पनि प्रसस्तै भेटिन्छन । उमेर बेचेर दुर्इ चार पैसा कमाउनु परेको छ ।
प्रधानमन्त्री केपी ओलीले गर्न खोजेका बिकाशको बहसलाई समर्थन गर्नु र निर्माणका योजनाहरुलार्इ हामी सबै मिलेर अगाडि बढाउने हो भने बिदेशमा रहेका सबै नेपालीहरु चाडै घर फर्कन पाउने थिए कि ?