काठमाडौं, १४ असार । सरकारले लामो समयपछि भूकम्पबाट प्रभावित १४ जिल्लामा गाविस सचिवका रुपमा काम गर्न ५८ जना अधिकृत खटाएको छ ।
गाविस सचिवको अभावमा पुनर्निर्माण कार्य तीब्र गतिले अघि नबढेको अवस्थालाई मध्यनजर गर्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एकैपटक ५८ अधिकृतहरु खटाएको हो । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।
अहिले भूकम्प प्रभावित जिल्लाहरुमा गाविस सचिवको अभावमा पुनर्निर्माण र अनुदान सम्झौताको काममा ढिलाइ भइरहेको छ ।
यस अवस्थालाई मध्यनजर गर्दै लामो गृहकार्यपछि उनीहरुलाई ३ महिनासम्म गाविस सचिव रहेर काम गर्ने गरी कामजमा खटाइएको मन्त्रालयका प्रवक्ता पूर्णचन्दै भट्टराईले जानकारी दिए ।
गाविस सचिवका लागि लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा आएलगत्तै ५८ जना अधिकृतहरुलाई फिर्ता गर्ने मन्त्रालयले तयारी गरिरहेको छ ।
भूकम्पबाट प्रभावित जिल्लाका ८२ वटा गाविसहरु सचिवविहीन छन् ।















प्रतिक्रिया