काठमाडौं, १३ असार । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालत ललितपुरले सोमबार घटनाका मूख्य योजनाकारसहित चार जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सुनाएको हो ।
तत्कालीन चुरेभावरका उपाध्यक्ष रहेका बाब थापाले पार्टी आधारिकता विवादमा न्यायाधीश बमको फैसलाले गृहराज्यमन्त्री हुने सपना तुहिएको भन्दै योजनाबद्ध रुपमा २०६९ जेठ १८ गते न्यायाधीश बमको राजधानीको यूएन पार्कमा गोली हानेर हत्या गरेका थिए ।
न्यायाधीश ओमप्रसाद अयार्लको इजलासले योजनाकार थापा र दीपककुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको ललितपुर अदालतका श्रेश्तेदार बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार बमलाई गोली हान्ने शुटर करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।
न्यायाधीश बमको हत्या घटनाका सहयोगी प्रेमराम खड्कालाई भने ५ वर्ष कैद सजाय सुनाइएको छ । न्यायाधीश बमको २०६९ जेठ १८ मा बंगलामुखी मन्दिर दर्शन गरेर सर्वोच्च अदालत जानेक्रममा ललितपुरको युएन पार्कमा गोली हानेर हत्या भएको थियो ।













प्रतिक्रिया