१ कार्तिक २०८३, आइतबार

‘ड्राइभर दाई’को अफिसियल फष्टलुक सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Driver-Dai-Nepali-Moviकाठमाडौं । गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई प्रस्तुत गरिएको फिल्म ‘ड्राइभर दाई’को अफिसियल फष्टलुक सार्वजनिक भएको छ ।

बिजी फिल्मस् प्रालिको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता तथा निर्देशक रहेको फिल्मको फष्टलुकमा फिल्मका कलाकारलाई देखाइएको छ ।

फिल्मका निर्देशक बलामीका अनुसार फिल्मले ड्राइभर पेशाको परिभाषालाई बदल्ने दाबी गरे । ‘धेरैजनाले गाडीको ड्राइभर भनेर उनीहरुलाई हेय भावले हेर्ने गर्दछन्, तर ड्राइभर पनि राम्रो र सभ्य किसिमको काम गर्ने मानिस हो भन्ने कुरा फिल्ममा देखाउन खोजेका छौं,’निर्देशक बलामीले भने,‘दर्शकले फिल्ममा ड्राइभरको संघर्षसँगै उसको प्रेम र एक्सनलाई पनि हेर्न पाउनेछन् ।’

आगामी भाद्र ३१ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्ममा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह–निर्माता छन् ।

फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।