भैरहवा। रुपन्देही सदरमुकाम भैरहवामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको पूर्ण कदको शालिक राख्ने जिल्ला स्तरीय सर्वसम्मत निर्णय भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले देवकोटा चौंकमा महाकविको प्रतिमा राख्ने निर्णय गरेको हो । बैठकले देवकोटा चौंकमा रहेको बुद्धको प्रतिमालाई भारतीय बाटो हुदैं नेपाल प्रवेश गर्ने बेलहियामा रहेको पर्यटन कार्यलयमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । सो को जिम्मा जिल्ला विकास समिती रुपन्देही र सिद्धार्थ नगर पालिकालाई दिने निर्णय पनि गरेको छ ।
देवकोटा चौंकमा पुर्णकदको शालिक राख्ने कार्यकोलागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७ लाख रुपैयां छुट्टाएको छ । सो शालिकको कुल लागत १० लाख लाग्नेगरी मुर्तिर्कार यम बहादुर थापालाई जिम्मा दिएको र शालिक असार २२ गतेभित्र भैरहवा आइपुग्ने शालिक निर्माणमा पहल गर्ने मुख्य संस्था सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराइले जानकारी दिए ।
राष्ट्रिय विभुति देवकोटाको शालिक राख्ने विषयमा पछि विवाद नआओस् भन्ने ध्ययेले जिल्ला प्रशासनको आहवनमा जिल्ला स्तरीय भेला आयोजना गरिएको थियो । सो भेलामा रुपन्देहीका स्थानिय विकास अधिकारी युवराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल, पर्यटन कार्यलय भैरहवा प्रमुख ख्यामबहादुर थापा, बेलहिया बुटवल व्यापारी मार्ग परियोजना प्रमुख शालिग्राम रेग्मी , र्इं. भिर्माजुन कडेंल, रुपन्देहीका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कि, सिनपाका बरिष्ठ अधिकृत गणेश बहादुर क्षेत्री, बरिष्ठ साहित्यकारहरु प्राज्ञ बुंद राना, प्रा.डा कपिल लामिछाने, बालकृष्ण भट्टराई, विजय सागर, रुद्र ज्ञवाली, रुद्र दुखी, भरत पोखरेल, डा. दामोदर ढकाल, डा. शंकर नेपाल लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी भेलामा राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका विष्णु थापा, ओम कुमार श्रेष्ठ, एमालेका जिल्ला उपसचिव राजेन्द्र पन्थि, नया शक्ति नेपालका जिल्ला संयोजक देवेन्द्र पाण्डे , मालेका जिल्ला सचिव मोहन सिंह राना, राप्रपा नेपालका वसीउद्धिन मुसलमान,राष्ट्रिय जनमुक्ति पार्टिका जिल्ला अध्यक्ष झमबहादुर गुरुंग, तमलोपाका अजय बर्मा , नेकपा माओवादी केन्द्रका नमराज पुरी, मजदुर किसान पार्टिका जिल्ला अध्यक्ष सुन्दर बासी, राप्रपाका चन्द्रशेखर पाण्डे, लगायतको उपस्थिती रहेको थियो । यसैगरी संस्थाहरुको तर्फबाट बैठकमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, सामुहिक विद्यालय परिवारका निवर्तमान अध्यक्ष गोकुल पोखरेल, रुपन्देही क्रिक्रेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, संस्कृत विद्याश्रमका अध्यक्ष डिआर घिमिरे, उद्योग व्यापार संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, नेवा खल अध्यक्ष लता प्रधान, थकाली समाजका ओमकार गौचन, सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
भेलाका सहभागीहरुले देवकोटा सबै नेपालीको सांझा भएको हुदां देवकोटा चौंकमा रहेका बुद्धको प्रतिमालाइ बेलहिया पर्यटन कार्यलयमा स्थानान्तरण गर्ने र अन्य संरचनालाई आवश्यक्ता अनुसार फेरबदल गरी देवकोटा चौंकमा महाकविको भब्य शालिक राख्ने निर्णय सर्वसम्मतले गरेको हो ।
















प्रतिक्रिया