न्यू जर्सी, १३ असार । फुटबल खेलका विश्वप्रसिद्ध अर्जेन्टेनियन खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटवल खेलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ ।
कोपा अमेरिका कपमा अर्जेन्टिनाको हारपछि उहाँले सो घोषणा गर्नुभएको हो । कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिनालाई चिलीले जितेको थियो ।
मैले मेरोतर्फबाट जति सकेँ गरिसकेको छु र आगामी दिनका लागि पनि प्रयास जारी नै रहने छ– सम्वाददाताहरुसमक्ष उहाँले भन्नभुभयो ।
कोपा अमेरिका कपको गएराति भएको फाइनल खेलमा मेस्सीको प्रहार पनि चुकेको थियो । जसका कारण चिलीले अर्जेन्टिनालाई २ का विरुद्ध ४ गोलले हराएको थियो ।
मेस्सी २९ वर्षको हुनुहुन्छ । उहाँले गरेको यो अकस्मातको निर्णयले खेल जिवनमा नयाँ तरङ्ग ल्याइदिएको महसुश गरिएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया