१ कार्तिक २०८३, आइतबार

काठमाडौं आइपुगिन सन्नी लियोनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leon

काठमाडौं । पूर्व पोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनी काठमाडौं आइपुगेकी छिन् ।

जिंक भोड्काकी ब्रान्ड एम्बाडसर रहेकी सन्नी राजधानीमा आयोजित जिंक भोड्काको पार्टीमा सहभागी सोमबार दिउँसो काठमाडौं ओर्लिएकी हुन् ।

यसअघि सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी छिन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताएकी थिइन् ।

जिंक भोड्काको ग्राहक योजना ‘सेल्फी विथ सन्नी’मा भाग लिनेक्रममा सन्नीले भोड्का खरिद गर्नेसँग सेल्फी खिच्ने बताइएको छ ।

तस्वीरः अंगद ढकालबाट ।