१ कार्तिक २०८३, शनिबार

टेक्सासमा घरबार बिहीनलाई नेपालीले खाना खुवाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dvid 3– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत शनिबार जुन २५ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ ।

झन्डै ५ सय जनालाई स्वास्थ्य, स्वादिस्ट भात, तरकारी, मासु, गेडागुडी तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ । एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जीविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हरेक ३ महिनामा यस्ता अशक्त, घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत गत शनिबार सामूहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।

आचार्यले हरेक ३ महिनामा खाना खुवाउन पर्ने भएकोले यस्को लागि अर्थ पनि संकलन गर्नु पर्ने हुन्छ भने ।

संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहीन,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।

त्यति मात्र नभई उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराउदै आएको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।