९ कार्तिक २०८३, सोमबार

अमेरिका र अष्ट्रेलिया हिँडेका नेपाली टापुबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fsm-pohnpeiकाठमाडौं, १३ असार । अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ ।

उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो ।

क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँकीलाई फर्काउने तयारी भइरहेको छ ।

नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया पुर्‍याएका थिए ।

उनीहरू कागजातविहीन अवस्थामा थिए । नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन् ।