९ कार्तिक २०८३, सोमबार

यी हुन् आजीवन विलासी सुविधा पाउने ठूला नेता

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran, Subas & Pramanandaकाठमाडौं, १३ असार । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन विलासी सुविधान दिन विधेयक ल्याउने तयारी गरेको छ ।

गृह मन्त्रालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसहितका पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन मासिक वृत्ति, आवास, विलासी गाडीको सुविधा दिन विधेयक मस्यौदा गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अर्थबाट सहमति आएपछि गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले विधेयक चालू संसद बैठकमा लाने तयारी गरेको छ ।

तत्कालीन पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र सुशील कोइरालाको पालामा सरकारले पूर्वपदाधिकारीलाई आजीवन विलासी सुविधा दिन संसदमा विधेयक दर्ता गरेको थियो ।