काठमाडौं, १३ असार । विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुगाउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ ।
महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम्पूर्ण कानुन व्यवयासीहरुको प्रमाणपत्र छानबिन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
बार काउन्सिलले सम्पूर्ण कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र छानबिन गर्न लागेको हो ।
त्यसका लागि आफ्नो आफ्नो सदस्यको प्रमाणपत्र जम्मा गरी पठाउन बार काउन्सिलले अनुरोध गर्ने भएको छ ।
सम्बद्ध स्रोतले भन्यो, ‘बार काउन्सिलबाट प्रमाणपत्रहरु छानबिन गर्ने निर्णय भएको छ। अब सम्पूणै बार एकाइबाट सबै कानुन व्यवसायीहरुको एसएलसीदेखिकै प्रमाणपत्र पठाउनका लागि ती इकाईलाई पत्र लेख्ने तयारी भइरहेको छ। ’
मुलुकमा करिब २ हजार जति बरिष्ठ अधिवक्ता रहेका छन् । १५ हजारको संख्यामा अधिवक्ता रहेका छन् ।















प्रतिक्रिया