२६ कार्तिक २०८३, बिहिबार

नयाँ शक्तिले पास गऱ्यो नयाँ प्रणाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

naya-shaktiकाठमाडौं, १२ असार । नयाँ शक्ति नेपालले देशमै पहिलोपटक नयाँ प्रणाली पास गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको हो ।

पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि संगठन विभाग प्रमुख रहनुभएका देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने र सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय भएको देवकोटाले बताउनुभयो ।

बैठक सोमबार दिउँसो १२ बस्नेगरी स्थगित भएको छ । सोमबार कार्य्विभाजन र तत्कालीन कार्ययोजनालाई छलफलमार्फत पारित गर्दै बैठक समापन गरिने प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।