काठमाडौं, १२ असार । चिकित्सा क्षेत्र सुधारको नेतृत्व गर्दै संघर्ष गरिरहेका डा. गोविन्द केसीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन् ।
शिक्षण अस्पतालमा आइतबार पत्रकार सम्मेलन गरी डा. केसीले लोकमानलाई महाअभियोग लगाउनुपर्ने माग राख्दै यो माग पूरा गराउन अनशन बस्ने घोषणा गरेका हुन् ।
उनले लोकमानलाई महाअभियोग लगाउन सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । असार २६ गतेदेखि अनशन सुरू गर्ने घोषणा गरेका डा केसीले सरकारसमक्ष चार बुँदे माग राखेका छन् ।
आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका, भ्रष्ट्रहरूलाई संरक्षण दिएका र अरू जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामासमेत गर्न बाध्य पारेका तथा कार्यक्षेत्र नाघेर काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गर्न लगाएका लोकमानमाथि तत्काल संसदले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने उनको माग छ ।













प्रतिक्रिया