२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसद्धारा फेरि संसद बैठक अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress

काठमाडौं, १२ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदको आइतबारको बैठकमा पनि अवरोध गरेको छ ।

बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर कांग्रेस सांसद अर्जुन नरसिंह केसीले आफूहरुले उठाएका माग पूरा नभएसम्म संसद चल्न नलिने घोषणा गरे ।

उनले सरकारले भूकम्प गएको १४ महिनासम्म पनि पीडितलाई राहत नदिएको आरोप लगाइसकेपछि कांग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका छन् ।

कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग राख्दै लगातार संसद बैठक अवरुद्ध पार्दै आएको छ । जसका कारण वर्तमान सरकारले ल्याएको बजेट पास हुन सकेको छैन् ।