काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल सकभर अरूलाई नचिढ्याउने चतुर राजनीतिक खेलाडी मानिन्छन् । राजनीतिका भित्री दाउपेचमा पनि उनी उत्तिकै माहिर छन् । नयाँ पत्रिका दैनिकले लेखेको छ ।
एमालेभित्र लामो समय वरिष्ठ नेता माधव नेपालको समूहमा रहेका उनी पार्टीको पछिल्लो महाधिवेशनमा केपी ओलीको पक्षमा उभिए ।
लीलाई प्रधानमन्त्री बनाउन अन्य दलसँगको संवादमा सक्रिय भूमिका खेले, आफू पनि अर्थमन्त्री बने । सरकारका तर्फबाट उनले ल्याएको साढे १० खर्बको लोकप्रिय बजेटमाथि अहिले संसदमा छलफल जारी छ ।
१. तपाईंहरूको बिहे कति सालमा भएको हो ?
१९ जेठ २०२६ मा ।
२. प्रेम विवाह कि मागी विवाह ?
मागी बिहे नि । त्यतिवेला केको प्रेम विवाह हुन्थ्यो ।
३. बिहेको टुंगो कसले लगाइदिनुभयो ?
उहाँको घरबाट माग्न आउनुभयो । बुबाआमाले कुरा छिन्नुभयो ।
४. तपाईंलाई केही सोध्नुभएन ?
त्यतिवेला केटाकेटीलाई सोध्ने चलन नै कहाा थियो र । कुरा छिनिएपछि चाहिँ ‘तिम्रो बिहे गरिदिने भयौ’ भनेर भन्नुभएको थियो ।
५. त्यसो भए बिहेअघि दुईजनाले एक–अर्कालाई देख्नु पनि भएन ?
कहाँबाट देख्नु नि ? एकैपटक बिहेको मण्डपमा देखेको ।
६. कति वर्षका हुनुहुन्थ्यो तपाईंहरू बिहे गर्दा ?
१२–१३ वर्षका थियौा होला ।
७. बिहेपछि माइतीमा बस्नुभयो कि घरमै बस्नुभयो ।
केटाकेटीमै बिहे हुन्थ्यो त्यतिवेला, केही समय माइतीमा बस्ने चलन पनि हुन्थ्यो । तर, म बसिन, घर नै गए ।
८. को–को हुनुहुन्थ्यो घरमा ?
ससुरा र उहाको दिदी हुनुहुन्थ्यो, हाम्रो बिहे भएपछि दिदीको बिहे भएको हो । आमा (सासू) पहिला नै बित्नुभएको रहेछ ।
९. केटाकेटी उमेरमै बुहारी बन्नुभयो, साथीभाइसाग खेल्न कत्तिको मन लाग्थ्यो ?
खेल्ने, रमाइलो गर्ने त बिहे गरेकै दिनदेखि बन्द भयो । आमाबुबाले ‘राम्रो गरी घर सम्हालेस्, माइती र घरको इज्जत राखेस्’ भनेर सम्झाएर पठाउनुभएको थियो । त्यसको प्रभाव पनि होला, खेल्नेभन्दा घरमै ध्यान हुन्थ्यो ।
१०. उहाँसँग बोलचाल कत्तिको हुन्थ्यो ?
बिहे भएको झन्डै दुई वर्षसम्म त हाम्रो बोलचाल नै भएन । मान्छेका अगाडि एक–अर्कासग बोल्न पछिसम्म लजाउाथ्यौा ।
११. घर सम्हाल्न कत्तिको गाह्रो भयो ?
गाह्रो त हुने नै भयो नि । तर, बुझ्न थालो, सिक्दै गए ।
१२. राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?
ठ्याक्कै थाहा त भएन, तर बिहे भएको आठ–नौ वर्षपछि हो कि जस्तो लाग्छ ।
१३. पूर्णकालीन भूमिगत भएर कहिलेदेखि हिाड्नुभएको हो ?
बिहे भएको ९–१० वर्षपछि हामीले छोरा पायौ । त्यतिखेर उहा घरमा हुनुहुन्थेन । छोरो नौ दिनको हुदा उहा घर आउनुभएको थियो । त्यसको केही समयपछि भूमिगत बनेर पूर्ण रूपमा पार्टीमा खटिनुभयो ।
१४. पार्टीमा लाग्दा, भूमिगत बन्दा तपाईंलाई बताउनुभएको थियो कि थिएन ?
बताउनुभयो । ‘अब परिवारका लागि मात्रै काम गर्दिना, देशका निम्ति काम गर्छु’ भनेर भन्नुभएको थियो ।
१५. भूमिगतकालमा कति समयपछि उहाासाग भेट हुन्थ्यो ?
कहिले कहा, कहिले कहा पुग्नुहुन्थ्यो । एक–दुई वर्षमा घर आउनुहुन्थ्यो ।
१६. तपाईंलाई चिन्ता लाग्दैनथ्यो ?
लाग्थ्यो नि । सजिलो कहाा हुन्थ्यो र भूमिगत जीवन । ‘जहा भए पनि जिउधन केही नहोस्’ भनेर कामना गर्थे ।
१७. बिहान कति बजे उठ्नुहुन्छ ?
साढे पाँच बजे उठिसक्नुहुन्छ ।
१८. चिया–कफी के रुचाउनुहुन्छ ?
उठ्नेवित्तिकै कागतीपानी खानुहुन्छ । पहिला त मह पनि राखेर खानुहुन्थ्यो । त्यसपछि हो, चिनी नराखेको कालो चिया खाने ।
१९. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
फुर्सद नै हुदैन । ब्याटमिन्टन खेल्न निकै रुचि गर्नुहुन्छ, उहाले नै पहल गरेर नजिकै ब्याटमिन्टन कोर्ट नै बनेको छ । तर, खेल्न भ्याउनुहुन्न । उठ्दाखेरि भेटघाटका लागि मान्छेहरू आइसकेका हुन्छन् । ‘भोलिदेखि त पक्का खेल्छु’ भन्नुहुन्छ । भोलि पनि उस्तै । छेपारोले ‘भोलि त घर बनाउाछु’ भन्याजस्तै भा’छ ।
२०. योगा गर्नुहुन्छ कि ?
पहिला त गर्नुहुन्थ्यो । रामदेव काठमाडौंमै आएका वेला खुलामञ्चमा गएर योग गर्यौ । पछि घरमा पनि गथ्र्यौ । अचेल त्यति भ्याउनु नै भएको छैन ।
२१. राति कतिखेर सुत्नुहुन्छ ?
एकदम चाँडो सुत्नुभयो भने ११ बजे हो । नत्र बाह्र–एक बज्छ ।
२२. कति घन्टा सुत्नुहुन्छ ?
चार–पाँच घन्टाभन्दा धेरै सुत्न पाउनुहुन्न ।
२३. बिहानको खाजामा के लिनुहुन्छ ?
फलफूल, ओट, सुप खानुहुन्छ ।
२४. बिहानको खानामा के मन पराउनुहुन्छ ?
दालभात, तरकारी खानुहुन्छ ।
२५. माछामासुमा कत्तिको रुचि छ ?
माछा मन पराउनुहुन्छ । मासु अचेल त्यति रुचाउनुहुन्न । फेरि खानै छाडेको पनि होइन ।
२६. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसो प्राय: घरमा हुनुहुन्न ।
२७. रातिको खानामा के रुचाउनुहुन्छ ?
राति पनि दालभात, तरकारी नै हो ।
२८. खाना कसले पकाउाछ ?
मैले पकाउछु । कहिलेकाहीाछोरोले पनि पकाउँछ ।
२९. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
कमेन्ट त गर्नुहुन्न । तर, उहाँले नुन कम खानुहुन्छ । आफैँले बुझ्नुहुन्छ ।
३०. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
मैले पकाएको मीठो मान्नुहुन्छ होला ।
३१. किचनमा कत्तिको पस्नुहुन्छ ?
कहिलेकाहीँ त पस्नुपर्यो नि आफ्नै किचनमा । के पाक्दै छ हेर्नुहुन्छ । किचनमा प्लास्टिक उहाँले देखिसहनुहुन्न ।
३२. खाना पकाउन कत्तिको रुचि देखाउनुहुन्छ ?
फुर्सद नै हुादैन, के पकाउनु ? वेला–वेलामा ‘भोलि म तिमीहरूलाई मीठो पकाएर खुवाउाछु’ भन्नुहुन्छ । तर, उहाँले पकाएर हामीलाई खुवाउने ‘भोलि’ अहिलेसम्म आएको छैन ।
३३. के–के पकाउन आउाछ उहाँलाई ?
खै, थाहा नै छैन । आउछ होला पकाउन त ।
३४. उहाँले पकाएको तपाईंलाई याद नै छैन ?
पाँच–सात वर्षअघि आलुको तरकारी पकाउनुभएको थियो । साह्रै मीठो बनाउनुभएको थियो ।
३५. उहाँले पकाएको अरू कुनै परिकार खाएको सम्झना छैन ?
छैन । उहाँले पकाउनु नै परेन ।
३६. तपाईंले पकाएको सबैभन्दा मीठो के मान्नुहुन्छ ?
राइतो साह्रै मीठो मान्नुहुन्छ । ढंग पुर्याएर बनाएको छ भने सिन्कीको झोल पनि मीठो गरी खानुहुन्छ ।
३७. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
तपाईंहरूले देख्नु नै भएको छ । चिटिक्क पर्ने उहाको पहिलादेखिकै बानी हो । सफा लुगा चाहिन्छ उहाालाई ।
३८. के लगाउन रुचाउनुहुन्छ ?
सर्ट–पाइन्ट, कोट लगाउन मन पराउनुहुन्छ ।
३९. तपाईंले चाहिँ कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?
मैले पनि सर्ट–पाइन्टमै राम्रो देख्छु । दौरा–सुरुवाल पनि राम्रो सुहाउछ ।
४०. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ ।
४१. आफैँ लगाउनुहुन्छ ?
फुर्सद भयो भने त अचेल पनि आफैँ लगाउनुहुन्छ । फुर्सद नहुदा म लगाइदिन्छु ।
४२. आफ्ना लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
आफैँ किन्नुहुन्छ ।
४३. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
यही ब्रान्ड भन्ने त छैन, तर राम्रै रोज्नुहुन्छ ।
४४. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
म घरमा छु भने मलाई दिनुहुन्छ, नत्र आफैँ राख्नुहुन्छ ।
४५. घर त तपाईंले चलाउनुपर्ला नि ?
मलाई दिए पनि, उहाले राखे पनि घरमा हामी दुवैले पैसा राख्ने एकै ठाउ हो । जसलाई चाहिन्छ, त्यहीबाट झिक्दै चलाउने हो । तेरो–मेरो भन्ने छैन ।
४६. उहाँको खर्च केमा हुन्छ ?
फाल्तु खर्च गर्नुहुन्न ।
४७. पैसाका बारेमा बूढाबूढीबीच कहिल्यै किचलो भएको छ कि छैन ?
पैसाका कारण त कहिल्यै भएको छैन । मेरो मनमा पैसा पुगेन, भएन भन्ने कहिल्यै हुँदैन । उहाँले पनि त्यस्तो सोच्नुहुन्छजस्तो लाग्दैन । हुँदा पनि, नहुादा पनि परिस्थितिअनुसार चलिन्छ ।
४८ सहयोगी कत्तिको हुनुहुन्छ ?
अचेल फुर्सद हुादैन, नत्र सहयोगी हुनुहुन्छ ।
४९. कस्ता कुरामा सहयोग गर्नुहुन्छ ?
जस्तो काममा पनि सघाउनुहुन्छ । चाडबाडका वेला घरभित्र सरसफाइमा खटिनुहुन्छ, चिटिक्क पार्नुहुन्छ । फुर्सद भयो भने घरअगाडि सडक सफा गर्न पनि हिाड्नुहुन्छ ।
५०. तपाईंको लुगा धोइदिनुभएको छ कहिल्यै ?
बिरामी हुँदा धोइदिनुभएको छ नि । लुगाहरू पट्याउनुहुन्छ । आइरन गर्दा मेरो लुगामा पनि गरिदिनुहुन्छ ।
५१. सिनेमा हेर्न कत्तिको मन पराउनुहुन्छ ?
मन पराउनुहुन्नजस्तो लाग्छ । हेरेको देख्दिन ।
५२. बूढाबूढी भएर हलमा सिनेमा हेर्नुभएको छ कि छैन ?
एकपल्ट हेरेका छौ । तर, हामी दुई मात्रै होइन, प्रदीप ज्ञवालीका बूढाबूढी पनि हुनुहुन्थ्यो ।
५३. कुन सिनेमा हेर्नुभएको ?
कोहिनुर भन्ने हो क्यारे ।
५४. तपाईंलाई कत्तिको मन लाग्छ सिनेमा हेर्न ?
मलाई पनि त्यति धेरै रुचि छैन ।
५५. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
उहिल्यै ‘जेठो छोरो’ भन्ने सिरियल आउाथ्यो । के मन परेछ कुन्नि त्यो हेर्नुहुन्थ्यो । अरू सिरियल त कहिल्यै हेर्नुभएन ।
५६. गीत कत्तिको सुन्नुहुन्छ ?
पहिला–पहिला जनवादी गीतहरू सुन्नुहुन्थ्यो । वेला–वेला गुनगुनाउने पनि गर्नुहुन्थ्यो । तर, अचेल त्यति सुन्नुहुन्न ।
५७. परिवारलाई समय कति दिनुहुन्छ ?
परिवारलाई समय दिनचाहिा भ्याउनुभएको छैन उहााले । कहिलेकाहीा छोरीले भन्छे पनि ‘हामीसाग कुरा गर्ने समय छुट्याउनुपर्यो’ भनेर ।
५८. छोराछोरीहरूसाग कत्तिको खुलेर कुरा गर्नुहुन्छ ?
छोराले उहा बुबा हो भनेर धेरैपछि मात्रै चिनेको हो । छोरो ठूलो हुादासम्म उहा भूमिगत नै हुनुहुन्थ्यो । आक्कलझुक्कल भेट हुन्थ्यो । त्यसैले बाउछोरामा त्यति धेरै कुरा हुन्न । छोरीसाग धेरै कुराकानी हुन्छ । फुर्सद हुदा नातिनातिनासग खेल्न मन पराउनुहुन्छ ।
५९. परिवारका सदस्यहरूसग कुराकानी कति वेला हुन्छ ?
त्यही साझ–बिहान खाना खाने वेला हो, भयो भने ।
६०. परिवारसाग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
घरपरिवारदेखि राजनीतिसम्मका सबै कुरा हुन्छन् ।
६१. आफूले थाहा पाएका कुराहरू तपाईंलाई कत्तिको खुलेर बताउनुहुन्छ ?
भन्न मिल्नेजति मात्रै भन्नुहुन्छ । स्वभाव नै त्यस्तै छ । पहिला–पहिला त अलि–अलि मसाग कुराकानी गरिदिए पनि हुन्थ्योजस्तो लाग्थ्यो । अचेल त बानी परिसको ।
६२. तपाईंले सोध्नुभयो भने बताउनुहुन्छ कि बताउनुहुन्न ?
सोधेको कुराचाहि बताउनुहुन्छ ।
६३. रिसाउने बानी कति छ ?
त्यस्तो रिसाउने बानी छैन । कहिलेकाहीा छुट्टै कुरा हो । उहााभन्दा बरु म नै रिसाउछु होला ।
६४. कस्ता कुरामा रिसाउनुहुन्छ ?
उहा र मेरो धेरै ठाकठुक पर्ने एउटै कुरामा हो । उहाा ‘घरमा भएका पुराना–थोत्रा सामान फलिदिऔा’ भन्नुहुन्छ । मचाहिा ‘नफालौा, कहिले काम लाग्लान्’ भन्छु । पिएसओहरू पनि सुनेर हाास्छन् । थोत्रै भए पनि पुराना सामानको माया लाग्छ मलाई ।
६५. रिसाएपछि के गर्नुहुन्छ ?
नबोलेर बस्नुहुन्छ ।
६६. रिसाएपछि कसले पहिला फकाउछ ?
त्यस्तो यसले फकाउने भन्ने नै हुादैन । जसको काम पहिला पर्छ, उही बोल्छ । धेरैबेर बोलचाल नहुने नै हुादैन ।
६७. रिस कसरी शान्त हुन्छ त ?
जसले गल्ती गरेको छ, उसले ‘सरी’ भन्ने । आफैँ सकिन्छ नि ।
६८. अरूको रिस घरमा कत्तिको रिफल्याक्ट हुन्छ ?
हुदैन । उहाले व्यक्त नै गर्नुहुन्न । एकदमै सहनशील हुनुहुन्छ । मेरो श्रीमान् भएर भनेको होइन, छोरो मान्छे यत्तिको सहनशील कमै हुन्छन् होला । कहिलेकाहीा त रिसाइदिए नि हुन्थ्योजस्तो लाग्छ ।
६९. किन नि त्यस्तो लाग्ने ?
होइन, कार्यकर्तादेखि नेतासम्मले वेला–वेलामा घुक्र्याउने, चर्को बोल्ने गर्छन् नि । मैले फोनमा सुनेकी छु । अरूले जतिसुकै चर्को, रिसले कुरा गरे पनि उहाा हाासेर कुरा गर्नुहुन्छ । हासाई–फकाई त्यस्तो वेला कहिलेकाहीा उहााले पनि त्यस्तै गरी बोले हुन्थ्योजस्तो लाग्छ । म त सक्तिना होला, उहााजति सहन गर्न ।
७०. त्यस्ता कुनै घटना सुनाउनु न ?
पहिला पार्टी फुटेका वेला केही मान्छे उहाालाई कुट्नका लागि लागे । प्रदीप ज्ञवालीलाई त कुटे नै । उहाा कस्तो मान्छे भने आफूलाई कुट्न हिाडेका मान्छेलाई एक–दुई दिनपछि त मोटरसाइकलमा राखेर घर ल्याएर आउनुभयो । मैले ‘हैन, यो के गर्नुभएको’ भनेर सोधो । उहााले ‘राजनीतिमा रिस गरेर मात्रै हुन्न म्याडम’ भन्नुभयो ।
७१. तपाईंलाई कहिल्यै पिट्नुभएको छ ?
छैन ।
७२. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
म्याडम भन्नुहुन्छ ।
७३. तपाईंले नि ?
मैले ‘सर’ भन्छु ।
७४. विदेश जाादा तपाईंलाई पनि सगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
त्यस्तो मौका नै परेको छैन । परे पनि म जादिना ।
७५. किन नि ? उहाको पो काम हुन्छ, मैले किन जानु नि ?
फेरि पत्रकारहरूले ‘बूढी पनि लगेर गयो’ भनेर मुद्दा बनाउछन् ।
७६. अरू धेरै नेता–मन्त्रीहरूले त श्रीमती लगेर गइरहेका हुन्छन् त ?
खै अरूले के गरेका छन् ।
७७. भनेपछि अहिलेसम्म सगै विदेश जानुभएको छैन ?
भारत त गएका छौा । मन्त्री भएपछि अस्ति जानुभएको थियो, त्यतिवेला म छोराबुहारीसाग अष्ट्रेलियामा थिए । त्यसअघि पहिला एकपल्ट चीन जानुभएको थियो, म गइन ।
७८. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
कहिलेकाही दिनुहुन्छ ।
७९. कस्ता चिजहरू दिनुहुन्छ ?
लुगाहरू ।
८०. जन्मदिन, म्यारिज एनिभर्सरीमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
कहिले बिर्सनुहुन्छ, कहिले याद गरेर विस गर्नुहुन्छ ।
८१. तपाईंले नि ?
म पनि बिर्सन्छु कहिलेकाही ।
८२. उहाले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार के हो ?
एकपल्ट भ्यालेन्टाइन डेका दिन रातो रङको सल ल्याइदिनुभएको थियो । साह्रै राम्रो छ । अहिले पनि राखेकी छु ।
८३. कहाबाट ल्याइदिनुभएको थियो ?
यही काठमाडौंबाटै ल्याइदिनुभएको हो ।
८४. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
त्यो त कहिल्यै खानुभएन ।
८५. रक्सी खानुहुन्छ कि खानुहुन्न ?
रक्सी पनि खानुहुन्न । ‘यस्तो नगरिदिए हुन्थ्यो’ भन्ने गलत लत उहामा केही पनि छैन ।
८६. चाख्नु पनि भएको छैन ?
खाएको मलाई थाहा छैन । मेरो पछाडि वा मैले थाहा नपाउने गरी चाख्नुभएको भए थाहा भएन ।
८७. नेता–मन्त्रीलाई त रक्सी उपहार दिने पनि आउाछन् होला नि ?
आउाछन् कहिलेकाहीा, साथीभाइहरूले माया गरेर ल्याइदिन्छन् ।
८८. त्यस्तो उपहार आउदा के भन्नुहुन्छ ?
कतिपयलाई त ‘हामीले खान्नौ, नल्याएको भए हुन्थ्यो’ पनि भन्नुहुन्छ ।
८९. अनि, के गर्नुहुन्छ त उपहार आएको रक्सी ?
खाने साथीभाइ, कार्यकर्तालाई पनि दिने गरिन्छ । केही घरमा राखेको पनि छ ।
९०. कहिलेकाहीा थोरै त खाए हुन्थ्यो भन्ने लाग्दैन ?
लाग्दैन त्यस्तो ।
९१. बजारमा दाल–तरकारीको भाउ कत्तिको बढेको छ ?
महगी त बढेको छ । घट्दैन, बरु बढेकै हुन्छ ।
९२. उहा देशको अर्थमन्त्री पनि हो, नया बजेट पनि ल्याउनुभएको छ । सुनाउनुभएको छैन महगीको बारेमा ?
महगी नाकाबन्दीदेखि नै बढेको हो । महगी बढेको त कसलाई पो मन पर्ला र ? तर, उहालाई सुनाउन पाएकी छैन, अब सुनाउछु ।
९३. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
जायज कुरामा त गर्नुहुन्छ । अडान नै राख्नुहुन्छ ।
९४. कस्ता कुरामा जिद्दी गर्नुहुन्छ ?
उहालाई ठीक लागेका कुरामा कडा अडान लिनुहुन्छ, पार्टीमा पनि त्यस्तै हो, घरमा पनि उस्तै हो ।
९५. जिद्दी गर्दा तपाईंले सम्झाउदा पनि मान्नुहुन्छ ?
तर्कसहित सम्झाउदा त मान्नुहुन्छ, तर समय लाग्छ सम्झाउन ।
९६. खाजा–खाना खुवाउन कहिलेकाहीा रेस्टुरेन्ट लैजानुहुन्छ कि हुन्न ?
रेस्टुरेन्ट गएर खादै नखाएको त होइन, तर बूढाबूढी मात्रै ‘आज उतै खाऔ’ भनेर गएका छैनौ । परिवारसहित वेला–वेलामा गएका छौ ।
९७. तपाईंलाई मात्रै लगेर कहिल्यै जानुभएको छैन ?
छैन । हामी दुवैलाई त्यस्तो फुर्माइस, रिल्याक्स गर्न त्यति मन पनि पर्दैन ।
९८. तपाईंले गुनासो पनि गर्नुभएको छैन ?
छैन । मेरो कुनै गुनासो छैन ।
९९. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
फुर्सद हुादा पढ्नुहुन्छ ।
१००. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ?
उहा घरमा हुदा बत्ती हुदैन, बत्ती हुदा उहा हुनुहुन्न । मौका मिल्यो भनेचाहि हेर्नुहुन्छ ।
१०१. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
राम्रा–नराम्रा सबै कुरालाई सहज ढंगले लिनुहुन्छ । त्यसै पनि उहााको फ्याट्ट प्रतिक्रिया दिइहाल्ने बानी छैन ।















प्रतिक्रिया