भक्तपुर, १० असार । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपाली काँग्रेसको पहिलो प्राथमिकता पुनःनिर्माण भएको बताउनुभएको छ ।
आज भक्तपुरमा रफत सचार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकार परिवर्तन भन्दा पुनःनिर्माण छिटो हुनुपर्छ भनेर काँग्रेस पुनःनिर्माणमा अग्रसर भएको बताउनुभयो ।
सरकार परिवर्तनको मुद्दा काँग्रेसले नछाडेको बताउँदै महतले भन्नुभयो-“माओवादी अध्यक्ष दाहालले अन्तिम समयमा आएर धोका नदिएको भए सरकार परिवर्तन भइस्क्थ्यो तर धोका भएकै कारण सरकार टिकिरहेको छ, काँग्रेसले बहुमत पुर्याएकै दिन यो सरकार ढल्छ ।”
उहाँले सरकारले भूकम्पपीडितलाई जति सक्दो छिटो बासको व्यवस्था गर्ने प्रतिबद्धता संसद्मा पेस नगरेसम्म नेपाली काँग्रेसले संसद् अवरुद्ध पार्ने बताउनुभयो । वर्तमान सरकारले भूकम्पपीडितका नाममा राहत उपलब्ध गराउनु भन्दा पनि कार्यकता पोषण गर्ने सक्रिय रहेको आरोप उहाँको थियो । रासस













प्रतिक्रिया