२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली र सभापति देउवावीच वार्ता जारी, सदन अझै चल्न सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp oli and sher bahadur deuba– विमल योगी

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासँग संसद अबरोध र मागका विषयमा परामर्श गर्नुभएको छ ।

नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवावीच संसदको गतिरोध अन्त्य र कांग्रेसले भूकम्पपीडितका पक्षमा उठाएका मागका विषयमा छलफल भइरहेको हो ।

कांग्रेस सचेतक ईश्वरी न्यौपानेका अनुसार प्रधानमन्त्री ओलीले आफूहरूका मागका विषयमा सभापति देउवासँग परामर्श गरिहेको बताउनुभयो । ‘कांग्रेसले उठाएका माग सम्बोधन नहुँदासम्म सदन चल्न दिँदैनौं’, न्यौपानेले भन्नुभयो, ‘प्रधानमन्त्रीले सदनमा बोलेर मात्रै कांग्रेसले मान्दैन ।’

कांग्रेसले विपक्षी दलको मागअनुसार भूकम्पबाट प्रभावित पीडित जनतालाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने माग राखेको छ ।
मध्य असार भइसकेको अवस्थामा जनताले सरकारबाट पाउने एकमुष्ट दुई लाखबाट धेरै सहयोग मिल्ने सचेतक न्यौपानेले बताउनुभयो ।

बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेसको अडान र सरकारले समस्या समाधानका लागि गरेको आलटालले अहिलेसम्म सदन चल्न नसकेको हो ।