
काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पुनर्निर्माणका विषयमा उठाएको जिज्ञासाका विषयमा जवाफ दिँदै हुँदैछ ।
अहिले केही समयपछि सुरू हुने संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कांग्रेस र सभामुखसँग परामर्श गर्नुभएका ओलीले सदनमा जवाफ दिनुहुनेछ ।
कांग्रेसले भूकम्पबाट प्रभावित जिल्लाहरूमा पुनर्निर्माणको काम गर्न नसकेको भन्दै बिहीबारदेखि सदन अबरोध गर्दै आएको छ ।












प्रतिक्रिया