काठमाडौं, १० असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको संसदको बैठक आज पुनः बस्ने भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बस्ने बैठकमा विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यक्रम छ । विगत चार दिनदेखि विभिन्न मन्त्रालयलाई छुट्टाइएको रकम र विकास योजनमा सांसदहरूले धारणा राख्दै आएका छन् ।
कांग्रेसले भूकम्पबाट क्षति भएका जिल्लाहरूको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै बिहीबारको संसद बैठक अबरोध गरेको थियो ।
कांग्रेसले पुनर्निर्माणका विषयमा सरकारले उपयुक्त जवाफ नदिँदासम्म सदन चल्न नदिने चेतावनी दिएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।












प्रतिक्रिया