१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीमा लागू औषधसहित २ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrau

भैरहवा, ९ असार । लागू औषध सहित रुपन्देहीको विशुनपुरवा देखि परासी झुँगा जाने कच्ची सडक खण्डमा बुधबार राति एक बजे २ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा टिकर गाविस वडा नं.५,रुपन्देही बस्ने वर्ष ५५ का गौतमी यादव र पट्खौली गाविस वडा नं.४, रुपन्देही बस्ने वर्ष ३५ का चन्द्रभान जैसवाल रहेका छन । लु.१७.प. ६७९० नम्बरको हिरो स्पलेण्डर मोटरसाइकलमा आइरहेका यादव र जैसवाललाई चेकजाँचको क्रममा उनीहरुको साथमा रहेको टी.टी . ५०० एमपुल सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय धकधईका सई एवं कार्यालय प्रमुख धनबहादुर थापाले जानकारी दिनुभयो ।