२९ आश्विन २०८३, बिहिबार

प्रेमको आत्महत्या !

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-Pandayओई ! यो केटी कस्ती छे ?

दुबइबाट असिमले अस्ती मंसीरको अन्त्य, पारीलो घाममा फेसबुक टहल्दै गर्दा पठाएको फोटो म्यासेज थियो त्यो ।

हेर ! मेरी प्यारी सरू, खुब माया गर्छे, यार मलाई । अर्को म्यासेज पनी आयो ।

फोटो हेरेको, रातो वुट्टे कुर्ता सलवार, घाटीमा सल, हातको ढक्कीमा रातै फुलपाती अक्षतामा खाली सिउदो सहित मन्दिरको घण्ट अगाडि उभिएकी सरल फोटो, उ हरेक रूपमा राम्री लागी मलाई पनी । तैपनी उसलाई भने,
“फेसबुकको के भर गर्छस यार ?’
अहिले फोटो हेरेर पछि चरित्रमा दोष दिनुपर्ला! फस्लास नी !

अह त्यो त हुँदैन, उसले गर्नै सक्दिन, त्यस्तो! म उसलाई राम्ररी चिन्छु ।
उसको जिद्दीको अगाडि मेरो केही लागेन, राम्ररी बुझ ठिक लागे नेपाल आएपछी भेट् भन्दिए ।

त्यसपछी उनीहरूको घनिष्ठता बढ्दै गएको उनीहरूका लाईक र कमेन्टबाट बुझ्न सक्थे । कहिले उसैले सरूको बारे मलाई बताईरहन्थ्यो ईडीटीङ गर्दै संगै भएको फोटा मलाई नी पठाउथ्यो, बेलाबखत । अब नेपाल आएर वैशाखमा भगाएरै भएनी विहे गर्ने सोच थियो उस्को । खुव यादले सताउछ ! कतिखेर भेटौ जस्तो भा छ यार, सुनाईरहन्थ्यो उ !

तीन वर्ष पुर्याएर माघको जाडोमा असीम आउने त्यसदिन म उसलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ट्याक्सी लिएर पुगे । दुबईबाट बेलुकी ६ बजे आउनुपर्ने फ्लाई दुबईको एफजेठ ५७५ प्लेन केही ढिला गरी ल्यान्ड भयो । करिब डेढ घण्टापछी बल्ल उ सानो व्याग पछाडी भीरेर, कालो जिन्सको पाईन्ट, मन्द निलो ज्याकेट र एडीडासको जुत्तासहित डोरिले चारैतिर बाधेको सुटकेश घिसार्दै ह्यान्डसम हुलियामा बाहिरियो । मैले प्रतिक्षालयको सिसाबाट उसको पहिचान गरे र बाहिरिएर प्रिपेड ट्याक्सी स्ट्याण्ड नजिकै न्यानो अंगालोमा स्वागत गरे । खुसी थियो नेपाल आउनुमा, अझै बढी त सरूको समिप्यताको सपनीमा ! ट्याक्सी चढ्ने वित्तिकै मेरो मोबाईल मागेर सरूलाई पहिलो कल गर्दै भन्यो, अब हामी केही पल मात्र टाढा छौं ।

मलाई भेट्ने समय झन लामो लाग्न थाल्यो यार अब झनै !
त्यो रातमा कोठामा पनी सरूकै बढी कुरा गर्यो । लाग्यो एउटी केटीको लागि परिवर्तन भएछ । मलाई उसमा साथीको आभाष कम लाग्यो ।

घरमा कुरा गरीस त ?
‘छैन यार ! किन गर्नु मलाई मन परे त भै गोनी ।’
‘आमाले त गाउ नजिककै केटी हेर्याछु भन्नुभाछ, मैले केही भन्या छैन आएपछी हेरौला भनेको छु भन्यो ।’

घरमा काठमाडौं उत्रने जानकारी नै दिएको रहेनछ उसले । उ भोली नै सिन्धुली जाने भयो विहान छ बजे नै । मलाई पत्तो छैनकी उ त्यो रात निदाएको, बारम्बार घडीको उज्यालो बालेर समय हेरिरहन्थ्यो । यताउती फर्किदै मोबाइल चलाईरहेको देख्थे व्युझदा । विहान छ बज्नु अगावै सरूलाई खाली पेटमै दर्शन गर्ने मनसायले धादिङे ठिटो कुलेलाम ठोक्यो । तीनदिन पछी उ मख्ख पर्दै फर्कियो र उनीहरूको लुकीछिपी भेटघाटदेखि, सेल्फी, फोटो सब देखाउदै धेरै कुरा गरेको थियो उसले सीमाहिन खुसीले भरीभराउ भएर ।

भोली चै, घर लाग्ने गरी काठमाडौंमा भर्खरै उत्रिएको बतायो फोनमा बाबालाई । अब बाबुआमालाई भेट्न जानेभो भोली, त्यसपछी काठमांडौ आउजाउ हुँदै शहर बस्न थालेपछि सरूको पनी आउजाउ बाक्लिन थाल्यो, त्यसबीचमा उनीहरूका सपना र घनिष्ठताले चरम रूप लिइसकेको थियो ।

सरूसंग मलाई पनी भेटाएको थियो उसले,
मैले भाउजूको सम्बोधन गर्थे
तर उ भाउजू भन्ने बेला भईनसकेको जिकिर गर्थी ।
अब के चै गर्न बाँकी छ र ? भन्नै नहुनी ?
त्यसको उत्तरमा रातै भएर सर्माउथी उ
उसको लजाईले यता नी काउकुती लाउथ्यो ।

हैट ! उत आफ्नै साथीको पो थिई । अनी सम्हालीन्थे ।

अब पतझड सकिएर वसन्तका पालुवा पलाउन थालिसकेको थियो । असीमले पनी मायाको मुनालाई मुर्त रूप दिन सरूलाई भगाएर लग्यो । आमाको इच्छा विपरित भएकाले जब्वर बुढिले भित्राउन मानिनछन् तर, असीमको बुबा र गाउँलेको करले गर्दा नभित्रयाई सुखै पाईनछन् । सुरूमा यस्तै हो विस्तार सब ठीक हुनेछ र जिन्दगीका उदारचढाबमा संगै खुसी रहने कसम खाएका दुवैजना अब रातो २२० पल्सरमा कैले पार्क, फिल्म हल, सपिङ मल, त्रिशुली, रोशी, कोशीका पानीमा र मन्दिरमा रम्मीएका लोभलाग्दा जोडी तस्वीर बालमा रंगीन थाले, मैले एतैबाट देख्थे सब । खुवै रमाईलो गरे उनीहरूले ।

केही समयपछी फेसबुकमा उनीहरू गुमनाम भए । लाग्यो अब व्यवहारिक जिन्दगी सुरू भयो साथीको । असीम पनी भन्थ्यो, कहीले फोनमा, हेर, विहेपछीको जिन्दगी सोचेजस्तो रमाइलो नहुने रैछ ।

जेठको मध्यतिर सरूले एउटा स्टाटस राखेकी थिई, ‘बल्ल थाहा पाउदैछु जिन्दगीमा आफूभन्दा बढी कसैलाई माया गर्नु ठूलो भूल रैछ । आँसुको जिन्दगी पिउन बाध्य छु ।’

एक सातापछी फेरि अर्को, त्यसले भन्थ्यो, ‘जति माया गर्दा नी विश्वासै गर्दैनन आफ्नाले पनी’ ।

त्यसका प्रतिक्रियामा असीमका साथीहरूले भनेका थिए, उ राम्रो मान्छे हो, त्यस्तो नसोच्नु विश्वास गर्नु र सरूले एकमुष्ठ जवाफ दिएकी थीई, ‘मलाई थाहा छ विश्वास गर्ने ठाउँ पनी त राख्नुपर्यो नी’

त्यसबीचमा असीमले पनी हास्न नसकेको ख्याउटे फोटोसहित एउटा स्टाटस लेख्यो ‘रहस्यको मुस्कानमा आँशु लुकाउन खोजीरहेछु ।’

ती स्टाटसमा एकअर्काको लाईक र प्रतिक्रिया थिएन । अनुमान लगाए, खटपट सुरू भएछ ।

एकदिन असीमले फोनमा सुक्सुकाउदै, निराश हुँदै भन्यो, ‘खै ! यार आमाले मन नपराएकी बुहारी भएर होला दुई जनाको झगडा परिरहन्छ । घरमा केही गर्न सकीन ! म बर्वाद भए । यसबीचमा उ ड्रग एडीक्ट भएर पुर्नस्थापनासम्म पुगेको पनी खुलायो र भन्यो ‘अब मसंग कुनै सपना छैन् । आफ्नै अन्त्य बाहेक !’ मैले धेरै सम्झाए त्यस दिन ।

असार लाग्यो हिजो विहान सरूले ट्राभलिङ टु सिन्धुली भनेर लोकेसन सहितको स्टाटस हालेकी थिई । त्यसपछी दिउँसो असीमले फोन गरेर भन्यो, ‘सरू पनी रिसाएर माईत गई मलाई विर्सिदेउ भन्दै’ ।

मैले ‘यस्तै हो आईमाईको जात फर्किहाल्छे नी केही दिनमा’ भनेर ढाडस दिए

आज विहानै छ वजे ओछ्यानमै फेसबुक खोले, स्लाईड गर्दै जाँदा उसलाई समेत ट्याग गरिएको फोटोमा कसैले लेखेको थियो ‘साथी के गरिस यस्तो तैले हामीलाई एक्लो पारेर ?’ फोटोमा सेतो भेष्ट र निलो पाईन्टमा आफ्नै कोठाको सिलिङमा पासो लगाएर झुन्डीएको उ र उसले छोडेको सुसाईड नोटको फोटो ।

‘कति सजिलै भन्यौ है ? विर्सिदेउ भनेर, आँखामा हुन्थ्यौ भने आशुमा बग्थ्यौ होला तर मुटुमै छौ र पो एकमुठी सास बिर्सनु छ मैले ! यही नै उपयुक्त सोच्नु ‘सरू’ तिम्रो सपनाको हत्यारालाई ! मलाई माफ गर’
‘आमा! म तपाईको रोजाईको छोरा हुन सकिन माफी पनी खै कसरी मागौं ? सबै दोष मेरै थियो, सोच्नु असीम यो संसारमा थिएन भनेर ।’

मलाई एकाविहानै स्तव्ध बनायो । यो कथा यही जटिल समाजमा दिनहुँ भइहरेको वास्तविकता हो । कैयौ असीम र सरूहरूको ।