२६ कार्तिक २०८३, बिहिबार

तमलोपाका बाँकी पदमा सहमतिको प्रयास जारी, प्रतिनिधि फर्किन थाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta_Thakur
– मोहन पौडेल

परासी, ९ असार । तराई मधेस लोकतान्त्रिक पार्टीको पदाधिकारीका लागि आज पनि सहमति जुटाउने प्रयास भईरहेको छ ।

पार्टीको अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्षमा हृदयश त्रिपाठी, उपाध्यक्षमा बृखेशचन्द्र लाल, आरक्षण तर्फका केन्द्रीय सदसयमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा सहमति हुन सकेको छैन ।

महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र खुल्ला तर्फका केन्द्रीय सदस्यहरू सहमतिबाटै टुंगो लगाउन अहिले नेताहरू जुटेका छन् ।

सिट संख्याभन्दा धेरै उम्मेदवारी परेपछि सहमति गराउन समस्या परेको हो । तमलोपाले मतदानभन्दा सहमतिबाट पदाधिकारी तथा सदस्य चयन गर्न जोड दिएपछि महाधिवेशनमा आएका अधिकांश महाधिवेशन प्रतिनिधिहरू घर फर्किसकेका छन् ।

नवलपरासीको परासीमा असार ६ गते उद्घाटन भएको तमलोपाको प्रथम महाधिवेशनले आज दुई महामन्त्री, दुई सहमहान्त्री एक कोषाध्यक्षसहित ७५ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाउनेछ ।

महामन्त्रीमा चन्दा चौधरीले फिर्ता लिएपछि ५ जना, सहमहामन्त्रीका लागि १४ जनाले उम्मेदवारी दर्ता कायम गरेका छन् । नेताहरूले सर्वसम्मतको प्रयास गरिरहेका छन् ।