काठमाडौं, ९ असार । संघीय गठबन्धनको रिले अनशन आज १७औँ दिनमा प्रवेश गरेको छ ।
काठमाडौंको खुलामञ्चमा जारी रिले अनशनको आजको नेतृत्व संघीय समाजवादी फोरम नेपालकी नेतृ राधा तिमिल्सिनाले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।
अनशनमा प्रदीप मण्डल, सुजित दास, किशोरी यादवसहित ३५ जना नेताहरूमा बसेका छन् ।
संविधान पुनर्लेशनको माग राखेर खुलामञ्चमा रिले अनशन सुरू गरेको संघीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलनलाई सशक्त बनाउने बताउँदै आएको छ ।












प्रतिक्रिया