३० आश्विन २०८३, शुक्रबार

नेपाली उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्ने, अमेरिकासँग सहमति

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America Nepal Marketवासिंटन डिसी, ९ असार । नेपाली उत्पादनलाई अमेरिका लगायत विश्व बजारमा प्रतिस्पर्धी बनाउन अमेरिकाले सघाउने भएको छ । दुई देशवीच गत साता भएको मन्त्रिस्तरीय व्यापार तथा लगानी सम्वन्धि वार्तामा यो सहमति भएको हो ।

अमेरिका लगायत विश्व बजारमा प्रतिस्पर्धी हुन नेपाली उत्पादनले के कस्ता अवरोध झेलेका छन् यसवारेमा अध्ययनका लागि अमेरिकाले सहयोग दिन लागेको हो ।

नेपालले नेपाली वस्तुको अन्तराष्ट्रिय क्षेत्रमा बजार विस्तारका लागि प्राविधिक सहयोग दिन अमेरिकासँग आग्रह गरेको थियो । यसमा अमेरिकाले प्राविधिक सहयोग गर्ने सकरात्मक जवाफ दिएको छ ।

नेपाल र अमेरिकावीच पाँच वर्षपछि भएको व्यापार तथा लगानी वार्तामा नेपाललाई अमेरिकाले हालै तयारी पोशाकका दिएको छुट लगायत अन्य सहुलियतका वारेमा पनि छलफल भएको थियो । वार्तामा नेपालका तर्फवाट बाणिज्य मन्त्री जयन्त चन्द र अमेरिकी सरकारका व्यापार प्रतिनिधि मिचल फोरम्यान बीचले नेतृत्व गरेका थिए ।

उक्त वार्तामा नेपालले कृषि लगायत नेपालका खाद्य वस्तुलाई अमेरिका प्रवेश सहज वनाउन अमेरिकी फुड एण्ड ड्रग एड्मिस्ट्रेशन (एफडीए)सँग सहयोगका लागि आग्रह गरेको थियो । वार्तामा नेपाली पक्षले हालको व्यापार नीति लगायत विविध पक्षका वारेमा जानकारी दिएको थियो ।

सन् २०११ मा नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता भएको थियो । यो सम्झौता अनुसार प्रत्येक वर्ष आलोपालो गरी दुई देशवीच बैठक गर्नुपर्ने थियो । तर, नेपालको राजनीतिक अस्थिरताले समयमा वैठक हुन सकेको थिएन । यो सम्झौता अनुसार नेपालले अमेरिकी बजारवाट फाइदा लिन सकेको छैन । नेपालसँग अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न सक्ने वस्तु अभावले पनि यो सम्झौतावाट नेपालले फाइदा लिन नसकेको हो ।

अर्को वार्ता एक वर्ष पछि नेपालमा गर्ने सहमती पनि भएको छ । बैठककै क्रममा नेपालले हालै छुट पाएका वस्तुले अमेरिकाको हितलाई कुनै असर पर्दैन भन्ने विषयमा अमेरिकाको संसदीय समितिलाई प्रमाणसहित प्रस्तुत गरेको थियो ।

विश्वकै सवैभन्दा ठुलो उपभोक्ता बजार भएपनि दुई देश विचको व्यापार न्यून छ । सन् २०१५ मा नेपालले झण्डै साढे ८ अर्ब रुपैंया बरावरका वस्तु अमेरिका निकासी गरेको थियो । तयारी पोशाक, हस्तकला यसमा सिसापाइप पनि पर्छन, उनी गलैंचा अमेरिका आउने मुख्य वस्तु हुन अमेरिकावाट झण्डै साढे तीन अर्व रुपैंया वरावरको समान नेपालले किनेको थियो ।

Nepal America Statment