१ कार्तिक २०८३, शनिबार

युरोकपमा जर्मनी दोस्रो चरणमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garmaniपेरिस, ८ असार । विश्व विजेता जर्मनी युरोकप फुटबलमा समूह सीको विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ ।

अन्तिम १६ मा स्थान बनाएको जर्मनी समूहको अन्तिम खेलमा नवप्रवेशी नर्दन आयरल्याण्डमाथि १–० को कठिन जित दर्ता गरेको हो ।

पेरिसमा मंगलबार राति भएको खेलमा जर्मनीको जितमा २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश समय खेल नियन्त्रणमा लिएको जर्मनीले गोल गर्ने धेरै राम्रा मौका खेर फाल्यो ।

यसअघि युक्रेनलाई २–० ले हराएको तथा पोल्याण्डसँग गोलरहित बराबरी खेलेको जर्मनीको सात अंक भएको छ ।

यसैबीच जर्मनीसँग पराजित भए पनि नर्दन आयरल्याण्ड अन्तिम १६ मा पुग्न सफल भएको छ । टर्कीले चेक रिपब्लिकलाई २–० ले हराएपछि नर्दन आयरल्याण्ड उत्कृष्ट तेस्रोमा पर्दै अन्तिम १६ मा पुगेको हो ।

अघिल्ला खेलमा पोल्याण्डसँग १–० ले हारेको नर्दन आयरल्याण्डले युक्रेनलाई २–० ले हराएको थियो। नर्दन आयरल्याण्ड ठूलो प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको यो इतिहासमै तेस्रोपटक हो ।

अब जर्मनीले अन्तिम १६ मा समूह ए वा बी वा एफ को तेस्रो स्थानमा रहनेमध्ये एक टीमसँग खेल्नेछ । – एजेन्सी