१ कार्तिक २०८३, शनिबार

‘जयपृथ्वी–इभान मिनायभ पुरस्कार’ नेपाली लेखकद्वय अश्विनी र धनराजलाई

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

16061901JayPrithvi,IvanMinaev.Puraskar.GroupPhotoमस्को । रसिया भ्रमण गर्ने पहिलो नेपाली पत्रकार जयपृथ्वी बहादुर सिंह र पहिलोपटक नेपाल भ्रमण गर्ने रसियन मानवशास्त्री इभान मिनायभको स्मृतिमा स्थापना गरिएको ‘जयपृथ्वी–इभान मिनायभ पुरस्कार’ नेपाली लेखकद्वय अश्विनी कोइराला र धनराज गिरीलाई प्रदान गरिएको छ ।

विश्व नेपाली साहित्य महासंघ, गैर–आवासीय नेपाली संघ, रसिया तथा नेपाली दुतावासको आयोजनामा उनीहरुलाई करिब ६५ हजार धनराशी, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारका लागि दुवै स्रष्टालाई रसिया भ्रमणको निम्ता दिइएको थियो ।

पहिलो पत्रकारका रुपमा जयपृथ्वी बहादुर सिंहले तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेर युरोप भ्रमण गर्दा रसिया पुगेका थिए । यता मस्को विश्वविद्यालयका मानवशास्त्री इभान इनायभ बुद्ध दर्शन खोजी गर्दै नेपाल आएका थिए ।

इनायभको बुद्ध दर्शनसम्बन्धी पुस्तक रसियामा लोकप्रिय छ । यिनै दुई श्रष्टाको सम्झनामा गैरआवासीय नेपाली रसिया तथा विश्व नेपाली साहित्य महासंघले उक्त पुरस्कार स्थापना गरेको हो ।

यो पुरस्कार यसअघि डा ध्रुवचन्द्र गौतम, डा गोविन्दराज भट्टराई, कृष्ण धरावासी, अमर न्यौपाने तथा रसियामा बसोवास गर्ने साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरिसकिएको छ ।

रसियास्थित नेपाली दूतावासमा भएको उक्त पुरस्कार समारोहमा गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, विश्व नपाली साहित्य महासंघका अध्यक्ष गोविन्द गौतम तथा विगत ५ दशकदेखि रसियामै बसेर नेपालीको साहित्य सेवा गरिरहेका कृष्णप्रकाश श्रेष्ठले पुरस्कृत श्रष्टामाथि बोलेका थिए । कार्यक्रममा रुसमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिति थियो ।