१ कार्तिक २०८३, शनिबार

नक्कली डाक्टर समात्दा रामकुमारी झाक्री किन आक्रोशित ? (पत्रसहित)

169.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumari-jhakriकाठमाडौं, ७ असार । प्रहरीले धमाधम नक्कली डाक्टर पक्राउ गरिरहेको बेला सत्तारुढ दल नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले आक्रोश व्यक्त गरेकी छिन् ।

नक्कली डाक्टर पक्राउ गर्दा सक्कली डाक्टर आन्दोलनमा उत्रिएपछि रामकुमारीले आक्रोश पोखेकी हुन् । उनले नक्कली समात्दा आन्दोलन गर्ने सक्कली डाक्टर र तिनका संस्थामाथि पनि छानविन गर्न माग समेत गरेकी छिन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा अञ्जनीकुमार झालाई सम्बोधन गरी एक पत्र लेख्दै रामकुमारीले नक्कली समात्दा तपाईहरूको अनुनय विनय सुनेर आफूलाई लाज लागेर आएको बताएकी छिन् ।

उनले आफ्नो डिउटी छोडेर जुलुस गर्ने गैरजिम्मेदार सेतो एप्रोनधारीको पनि लाईसेन्स खारेज गर्न सरकारसँग माग गरेकी छिन् ।

यस्तो छ रामकुमारी झाक्रीको पत्र

प्रिय डा. अन्जनीकुमार झा

नेपाल चिकित्सक संघ

तपाईहरूको अनुनय विनय सुनियो र लाज लागेर आयो ।

नक्कली प्रमाणपत्र बोकेर नेपालीको जीवनमाथि खेलवाड गर्ने डाक्टरलाई प्रहरीले कारवाही गर्नु भएन रे । कसले गर्ने त कारवाही कि कारवाही नै नगर्ने त ? त्यसो त होईन रे कारवाही गर्ने मेडिकल काउन्सिलले रे । यदि मेडिकल काउन्सिलले कारवाही गर्ने भए अयोग्य ब्यक्तिलाई झुठो प्रमाणपत्र पेश गरेको भरमा लाईसेन्स जारी गर्र्थयो त ? बरू मेडिकल काउन्सिलका तत ब्यक्तिलाई लाईसेन्स दिने पदाधिकारी र सदस्यहरूलाई समेत छानविनको दायरामा ल्याउनुपर्छ ।

‪नेपाल‬ प्रहरी मेडिकल काउन्सिललाई पनि छानविन गर । गलत व्यक्तिलाई लाईसेन्स दिने यि झन ठूला अपराधि हुन ।

३३ नक्कली डाक्टरको कार्यवाहीको विरूद्दमा अस्पतालमा आफ्नो डिउटी छोडेर जुलुस गर्ने गैरजिम्मेदार सेतो एप्रोनधारीको पनि लाईसेन्स खारेज गर, सरकार, मेडिकल काउन्सिल ।