२६ कार्तिक २०८३, बिहिबार

डोटी किशोरी हत्या प्रकरणः प्रेममा धोका दिएपछि घरबेटीकै छोरीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lal-Chand

– हरि जोशी

धनगढी, ७ असार । डोटीमा गोली प्रहार गरि हत्या गरिएकी किशोरीको उनकै प्रेमीले हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।

लामो समयदेखी प्रेम सम्बन्ध रहेको र पछिल्लो समय व्यवहार परिर्वतन भएको भन्दै हत्या गरेको बयान अभियुक्तले प्रहरीलाई दिएका छन् ।

बैतडी शर्माली गाविसका घरभई हाल डोटी पचनाली गाविस तल्कोट मृतक मिना साउदँको घरमा डेरा गरी बस्ने ३६ बर्षीय लाल बहादुर चन्दले प्रेममा धोका दिएको झोकमा मिनाको हत्या गरेको स्वीकार गरेका हुन् । विगत ६ बर्षदेखी मिनाको घरमा बस्दै आएका चन्दको मिनासँग प्रेम सम्बन्ध रहेको तथा स्नातक सकिएपछि विवाह गर्ने सहमति भएपनि अहिले व्यवहारमा परिर्वतन आएको भन्दै उनको हत्या भएको हो ।

पेशाले शिक्षक रहेका चन्द स्थानिय हरिहर उच्च माविमा कार्यरत थिए । एसएलसीमा राम्रो अंक ल्यायपछि मिनालाई उच्च शिक्षाका लागि धनगढी पठाएको र आफैले उनीमा लाखौ रुपैयाँ समेत खर्च गरेको अभियुक्तको भनाई रहेको छ । हतियारसहित अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चन्दले यही जेठ २८ गते राति भान्सामा रहेकी मिनाको गोली प्रहार गरि हत्या गरेका थिए । हत्यामा प्रयोग गरिएको हतियार उनले २०७२ साल असोजमा आफै खरिद गरेको बयानमा बताएका छन् ।

धनगढी स्थित सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत मिना विदाको समयपारि घर गएको मौका छोपी चन्दले हत्या गरेका हुन् ।

घटनाको अनुसन्धान क्षेत्रीय अनुसन्धान व्युरो (आरआइटि) ले गरिरहेको थियो । व्युरो प्रमुख केशवराज जोशीले हत्यामा प्रयोग गरिएको हतियारबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।