काठमाडौं, ७ असार । कालोबजारी, भ्रष्टाचार र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज मुलुकभरिका जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना दिँदै छन् ।
७५ जिल्लाका सबै जिल्ला प्रशासनय कार्यालयहरूमा धर्नाको कार्यक्रम रहेको नेकपा माओवादीका नेता तिलक मल्ल ‘क्षितिज’ले जानकारी दिनुभयो ।
‘कालोबजारी, महँगी, भ्रष्टाचार र पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदैछौँ’, उहाँले भन्नुभयो, ‘सरकारले कालोबजारी र भ्रष्टाचारीलाई संरक्षण दिएको छ ।’
नेकपा माओवादीले भ्रष्टाचार र महँगीविरुद्ध विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले यसअघि काठमाडौंमा आमसभासमेत गरिसकेको छ ।
त्यसैगरी, सरकारले कर छली गर्ने र अनियमितता गर्नेहरूलाई संरक्षण गर्ने गरेको भन्दै ‘विप्लव’ माओवादीले कर छली गरेर तिर्न नखोज्नेहरूलाई कारबाहीको दायरामा ल्याउन दबाब दिँदै आएको छ । ‘विप्लव’ माओवादीले एनसेलले कर छलेको भन्दै भौतिक आक्रमण समेत गरिसकेको छ ।












प्रतिक्रिया