२६ कार्तिक २०८३, बिहिबार

काबुल घटनाको विरोधमा ‘विप्लव’ माओवादीले परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplab-1काठमाडौं, ७ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले अफ्गानिस्तानको काबुलमा १२ जना नेपालीको ज्यान जाने गरी भएको आत्मघाती हमलाको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

‘विप्लव’ माओवादीले आज दिउँसो साढे दुई बजे परराष्ट्र मन्त्रालय पुगेर विरोधमा ज्ञापनपत्र बुझाउने क्रान्तिकारी पत्रकार संगठनका उपत्यका संयोजक जन्मदेव जैशीले जानकारी दिनुभयो ।

‘अफ्गानिस्तानमा १२ जना नेपालीले आत्मघाती बम आक्रमणमा अकालमा ज्यान गुमाउनु परेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले यस्ता मुलुकमा कामदार पठाउन अनुमति दिनु हुँदैन र नेपालीहरूलाई अफ्गानिस्तान पठाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

‘विप्लव’ माओवादीले अफ्गानिस्तानमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याएर आफन्तलाई बुझाउन पनि माग गरेको छ । घाइते भएकाहरूको उपचारका साथै अफ्गानिस्तानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फिर्ता गराउन पहल गर्न पनि माग गरिएको उपत्यका संयोजक जैशीले जानकारी दिनुभयो ।

अफ्गानिस्तानको काबुलमा आत्मघाती आक्रमणमा परेर १२ नेपालीहरूको मृत्यु भएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।