२६ कार्तिक २०८३, बिहिबार

यी हुन् ६ महिलाको बलात्कार गरी हत्या गर्ने मानबहादुर, २० वर्षपछि दिल्लीबाट पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Manbhadur-budhathokiकाठमाडौँ, ६ असार । प्रहरीले ६ जना महिलालाई बलात्कार गरी हत्या गरेर फरार भएका ‘सिरियल किलर’ लाई २० वर्षपछि पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ६ जना महिलालाई जवरजस्ती करणीपछि हत्या गर्ने कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त अस्थायी ठेगाना भारत नयाँ दिल्ली नोयडा तथा स्थायी ठेगाना बारा डुमरवाना–६ खोरगाउँ भएका ५० बर्षीय प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

२०५३ असार १० गते महोत्तरी बर्दिबास–१ बस्ने २० बर्षीया शारीरिक रुपमा असक्त महिलालाई महोत्तरी माईस्थान–३ स्थित महेन्द्र राजमार्ग नजिक जंगलमा जबरजस्ती करणी गरी पछ्यौराले घाँटी बाँधी मारेको अबस्थामा शव फेला परेको र उक्त घटना अनुसन्धानको क्रममा बुढाथोकी संलग्न रहेको खुल्न आएको थियो ।

साथै बुढाथोकीले २०५२ र २०५३ सालका बिभिन्न मिति र समयमा धनुषा र महोत्तरी जिल्लाका बिभिन्न स्थानहरुमा ६ जना महिलाहरुलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको समेत खुल्न आएको छ ।

यी लगायत अन्य ३२ वटा सोही प्रकृतिबाट जवरजस्ती करणीका घटनाहरु घटाई फरार रहेको भनी निजले स्वीकार गरेको व्यूरोले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान कारवाहीका लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।