१ कार्तिक २०८३, शनिबार

नक्कली डाक्टरका श्रीमती भन्छन्- नक्कली थाहा भएको बिहे गर्थेनौ

83.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkli-doctors-in-court-13

काठमाडौं, ६ असार । प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाई हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् ।

त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरुकी बुहारी हुन् ।

प्रहरी अधिकारीका अनुसार श्रीमान श्रीमतीलाई पनि आफ्ना जिवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली छ भन्ने थाह भएको भए बिहे नै गर्ने थिइनँ,’आफ्नी श्रीमती पक्राउ परेपछि उनका श्रीमान सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए ।

पक्राउ परेका ३६ मध्य ६ जना महिला छन् । नवराज मैनाली काठमाण्डु, ६ असार प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हाजार पाँच सयमध्य डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ ।

त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेशन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सक समेत छन् । उनीहरुलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ ।

‘हाम्रो अनुसन्धानमा करिव १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गर्दै छौँ ।’

नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फोटोः अशोक दुलालबाट ।