मुम्बई । प्रवाशी नेपाली संघ भारतका केन्द्रीय महासचिव डम्बर रावलले एमाले नै नेपालीको सच्चा साथी भएको बताएका छन् ।
प्रनेस वापी वलसाड संयुक्त नगरसमितिले गत शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भारतमा प्रनेस र नेपालमा एमाले सामाजिक, आर्थीक तथा राजनैतिक रुपान्तरण खातिर अग्रसर भइरहेको बताउदै आगामी हुने निर्वाचनमा एमाले नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने भविष्यवाणी समेत गरे ।
उनले सरकारले ल्याएको बजेटले आम प्रवाशी नेपालीमाझ लोकप्रियता हासिल गरेको बताउदै अन्य राजनीतिक दलले समेत यो बजेटलाई कार्यान्वयनमा लैजान लाग्नुपर्ने बताए ।
उनले प्रवाशी नेपालीहरुको समस्या समाधान गर्न आफूहरुले पहल गरिरहेको बताउदै सबै संघसंस्थाहरु मिलेर प्रवाशी नेपाली समाजलाई अघि बढाउन पहल थाल्नुपर्ने बताए । कार्यक्रम वापी नगर समिति अध्यक्ष हरि महरको अध्यक्षता मा र राज्य समिति सहसचिव तथा प्रबक्ता प्रेम राज ढुंगानाको संचालनमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रवासी नेपाली संघ भारतका महासचिव डम्बर रावलको उपस्थित रहेको थियो भने अन्य अतिथिका रूपमा प्रवासी नेपाली संघ भारतका केन्द्रीय समिति सदस्य टेकबहादुर रावल राज्य समितिका अध्यक्ष कटक शाही, उपाध्यक्ष प्रेम भट्टराई, सचिव वि एस ओड, सह सचीव डि एम बुढा, पश्चिम मुम्बई नगर समिति सल्लाहकार शिवराज चन्द जन प्रगतिशील सास्कृतिक प्रमुख लोकेश बडुवाल, अनेरास्ववियु बैतडी जिल्ला कमिटी पुर्व सदस्य नरेन्द्र कलौनी ,होटल व्यबसायी विष्णु पाण्डे र गोधली परिवार सरिगाउ का अध्यक्ष मोहन बि.कको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई वल्साड नगर समिति अध्यक्ष कमल धामीले स्वागत गरेका थिए । कार्यक्रममा थुप्रै कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका बताइएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुन्जन एरिया समिति अध्यक्ष गणेश धामी र सोही समितिका सचीव टंक बुढा र अखिल भारत नेपाली एकता मंच महाराष्ट्र गुजरात राज्य समिति सदस्य अर्जुन बिष्ट, अर्जुन राई ,दिर्घ राज कापडी, हेमराज भट्ट, कुमार बि .क, खेम राज बिक र रण बहादुर मल्लले प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका थिए ।
















प्रतिक्रिया